८ वैशाख २०८१ शनिबार
राजनीति

धादिङको गंगाजमुनामा एमाले, ज्वालामुखीमा काँग्रेस

धादिङ— धादिङको गंगाजमुना गाउँपालिका प्रमुख एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका बलबहादुर अधिकारी र उपाध्यक्षमा एन्जिला तामाङ विजयी भएका हुन्। बलबहाददुरले ३ हजार ३ सय ५६ मत ल्याए नेपाली काँग्रेसका अक्कलबहादुर तामाङले ३ हजार १ सय ८० मत पाए।

उपाध्यक्षमा विजयी एमालेकी एन्जिला तामाङले ३ हजार ४ सय २२ मत ल्याएइन्। काँग्रेसका दुर्गा दाहालले ३ हजार १ सय २८  मत ल्याई पराजित भएका छन्।

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका विनोद तिमिल्सिना ५ हजार ९ सय ५४ मत ल्याई विजयी भएका छन्। उपाध्यक्षमा नेकपा एमालेका जानुका सिम्खंडा ५ हजार ७ सय ७९ मत ल्याई विजयी भएकी छन्। 

अध्यक्षमा विजयी तिमिल्सीनाका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद अधिकारी ५ हजार ९ सय ३० मत पाए भने उपाध्यक्ष सिंखडाकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले ४ हजार ८ सय ९४ मत पाएका छन्।

नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको ज्वालामुखी गाउँपालिकामा नेकपा एमाले एक्लै चुनावी मैदानमा थियो।

प्रकाशित: ४ जेष्ठ २०७४ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App