coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रेणु दाहाल झन्डै २ हजार मतले पछि परिन्

एमालेका ज्ञवाली र माओवादीकी दाहाल

चितवन— भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले १७४८ मत अन्तरले अग्रता लिएका छन्। चार नम्बर वडाको मतगणना भइरहँदा बिहीबार बिहानसम्म उनले ६७३५ मत ल्याएका हुन्। काँग्रेस समर्थित माओवादी केन्द्रकी रेणु दाहालले ४९८७ मत पाएकी छिन्।

तालमेलपछि देखा परेको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो देखिएको छ। चार नम्बर वडाको गणना भइरहँदासम्म एमालेका ज्ञवालीले अग्रता लिइरहेका छन्।  काँग्रेसको गढ मानिएका वडाहरुमा पुगेपछि अवस्था के हुने हो भन्ने कौतुहल्ता कायमै छ। 

मत परिणाम आएका तीन वडामध्ये दुईमा काँग्रेस विजयी भएको छ। एउटा एमालेले जितेको छ।

भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु रहेका छन्। कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

तालमेलपछि देखा परेको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो देखिएको छ। चार नम्बर वडाको गणना भइरहँदासम्म एमालेका ज्ञवालीले अग्रता लिइरहेका छन्।  काँग्रेसको गढ मानिएका वडाहरुमा पुगेपछि अवस्था के हुने हो भन्ने कौतुहल्ता कायमै छ। 

प्रकाशित: ४ जेष्ठ २०७४ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App