८ वैशाख २०८१ शनिबार
समाज

मुग्लिन–नारायणगढ खडकखण्ड अबरुद्ध

चितवन–मुग्लिन–नारायणगढ खडकखण्ड अन्तर्गतको चार किलो भन्ने ठाउँमा निरन्तर पहिरो जाँदा मुग्लिन–नारायणगढ खडकखण्ड सडक अबरुद्ध भएको छ। शनिबार विहान ६ बजेदेखि चारकिलो भन्ने ठाउँमा पहिरो गएको ट्राफिक प्रहरी निरीक्षक योगेन्द्र हमालले जनाए। निरन्तर झरेको पहिरोका कारण बाटो कतिबेला संचालनमा आउन हो भन्ने यकिन भएको उनले जनाए। ‘चारकिलो भन्ने ठाउँमा विहानैदेखि पहिरो झरिरहेको छ,’ ट्राफिक प्रहरी निरीक्षक हमालले भने,‘कविर एक किलोमिटर क्षेत्रमा दर्जनौंस्थानमा पहिरो झरिरहेको छ।’ बाटो अबरुद्ध बनेपछि थानकोटदेखिनै सवारीसाधन रोकिएका छन्। पहिरो पन्छाउन दुईवटा डोजर बाटो खुलाउने ठाउँमा पुगेपनि एउटाको टायर पन्चर भएको र निरन्तर पहिरोका कारण अर्कोले काम गर्न नसकेको हमालले बताए। सडह अबरुद्ध भएपछि हजारौं यात्रु बिचल्ली परेका छन्।

प्रकाशित: ४ असार २०७३ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App