७ वैशाख २०८१ शुक्रबार
राजनीति

काँग्रेस र एमाले उम्मेदवारले वडा जोगाउन सकेनन्

ललितपुर - ललितपुर महानगरपालिकाको मत गणना निकै रोचक र सनसनीपूर्ण बन्दै गएको छ । महानगरका २९ वडामध्ये नौ वडासम्मको नतिजामा आईपुग्दा दोस्रो पटक झिनो मतानन्तरले एमाले अघि लागेको छ । यसभन्दा पनि रोचक त महानगरको मेयर पदका प्रमुख प्रतिस्पर्धी बनेका कांग्रेस र एमालेका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले आफु निवासी रहेको वडामा बर्चस्व जोगाउन सकेन्न ।
महानगरपालिका वडा नम्बर ३ पुल्चोकका स्थायी बासिन्दा चिरीबाबुको वडामा नेकपा एमालेका श्रीलाल महर्जनको प्यानल विजयी भएको छ । उत महानगरको वडा नम्बर नौ च्यासलका स्थायी बासिन्दा हरिकृष्ण ब्यञ्जनकारको वडा नम्बर नाैमा कांग्रेसका राजु महर्जनले जितेका छन ।
चिरीबाबुले पुल्चोकको भूपू सैनिक संगठनको मतदान केन्द्र र हरिकृष्णले च्यासलस्थित श्रमिक शान्ति माबीमा मतदान गरेका थिए ।

प्रकाशित: ३ जेष्ठ २०७४ १५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App