७ वैशाख २०८१ शुक्रबार
राजनीति

सल्यानको बागचौरमा माओवादी,छत्रेश्वरीमा कांग्रेस र कपुरकोटमा एमाले बिजयी

दाङ- सल्यानका तीन नगरपालिका मध्ये एउटा नगरपालिकामा माओवादी केन्द्र बिजयी भएको छ। बागचौर नगरपालिकामा माओवादी केन्द्रका लोकमान बुढाथोकी मेयर र कल्पना पुन उपमेयरमा बिजयी भएका छन्।

यस्तै छत्रेश्वरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यो गाउँपालिकामा कांग्रेसका सन्तोष केसी प्रमुख र सीता केसी उपप्रमुखमा निर्वाचित भए । यस्तै कपुरकोट गाउँपालिकामा एमाले बिजयी भएको छ। यो गाउँपालिकामा एमालेका भिमवहादुर सेन प्रमुख र तिला बुढा उपप्रमुखमा निर्वाचित भएकी छन्।

सल्यानमा प्रमुख तीन दल कांग्रेस,एमाले र माओवादी केन्द्र दुई/दुई तहमा बिजयी भएका छन्। माओवादी केन्द्र बागचौर नगरपालिका सहित दार्मा गाउँपालिकामा बिजयी भएको छ । यसैगरि कांग्रेस दुई गाउँपालिकामा विजयी भएको छ । त्रिवेणी गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा कांग्रेस विजयी भएको हो। यसैगरि एमाले पनि दुई गाउँपालिकामा बिजयी भएको छ । एमालेले ढोरचौर र कपुरकोट गाउँपालिकामा चुनाव जितेको छ।

 

 

 

 

प्रकाशित: ३ जेष्ठ २०७४ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App