coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लमजुङको दूधपोखरीमा कांग्रेस विजयी

बेँसीसहर- लमजुङको दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी छुपीमाया गुरुङ निर्वाचित भएकी छन्।

नेकपा (माओवादी केन्द्र)की सतीमाया तामाङलाई ६५७ मतले पछि पार्दै दुई हजार ४१३ मत ल्याएर गुरुङले जित हात पार्नुभएको हो । तामाङले एक हजार ७५६ मत ल्याएका छन्।

यसैगरी उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै कमलप्रसाद धिताल विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादुर गुरुङलाई ४५० मत अन्तरले पराजित गर्दै धिताल विजयी भएका छन्। धितालले दुई हजार ३७३ र गुरुङले एक हजार ९२३ मत ल्याएका थिए।

दूधपोखरी गाउँपालिकाको वडा नं १ को अध्यक्षमा काँग्रेसका मानसिंह गुरुङ, २ मा काँग्रेसका गोविन्द दवाडी, ३ मा एमालेका तिलबहादुर गुरुङ र ४ मा काँग्रेसका धनप्रसाद गुरुङ, ५ मा काँग्रेसका सुरज गुरुङ र छ मा नेपाली काँग्रेसकै सीताराम गुरुङ विजयी भएका छन् । रासस

 

प्रकाशित: ३ जेष्ठ २०७४ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App