५ वैशाख २०८१ बुधबार
राजनीति

सिन्धुपाल्चोकको बलेफीमा एमाले विजयी

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकको स्थानीय तहमा दोस्रो जित निकालेको छ। बलेफी गाउँपालिका अध्यक्षमा एमालेका केदार क्षेत्री विजयी भएका छन्। निकटनम प्रतिद्धन्दी माओवादी केन्द्रका उम्मेदवार गगां तामाङलाई १ सय ७४ मतले पछि पार्दै क्षेत्री विजयी भएका हुन्। उनले ३२ सय ३१ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकै कमला कायस्थ विजयी भएकी छन्। उनले प्रतिद्वन्दी केन्द्रकै मुना पौडेललाई हराइन्। यस अघि एमालेले लिसंखुपाथर गाउँपालिका जितिसकेको छ।

प्रकाशित: ३ जेष्ठ २०७४ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App