७ वैशाख २०८१ शुक्रबार
राजनीति

नुवाकोटको तादी र किस्पाङमा काँग्रेसकाे जित

नुवाकोट – १२ स्थानीय तह रहेको नुवाकोटमा दुई स्थानीय तहको मत गणना गरेर सकिएको छ । तादी र किस्पाङ दुवै गाउँपालिकामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ। 

तादी गाउँपालिकामा नेपाली काङ्ग्रेसको प्यानल नै विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा नारायणप्रसाद पाण्डेले ३ हजार ९० मत ल्याएर विजयी भएका हुन । उनको प्रतिष्पर्धी नेकपा एमालेका कृष्णप्रसाद लामिछाने २ हजार ७ सय २७ मत प्राप्त गरेका छन् । 

यस्तै उपाध्यक्षमा नेपाली काङ्ग्रेसका इश्वरी उप्रेतीले ३ हजार १ सय ५६ मत ल्याइन् भने उनको प्रतिष्पर्धी इश्वरी तामाङले २ हजार ३ सय ८४ मत ल्याएकी छिन् । 

तादीको वडा तर्फ नेपाली काङ्ग्रेसले वडा नम्बर १ बाट नकुरदोङ्ग तामाङ, वडा नम्बर ४ बाट मुक्तबहादुर श्रेष्ठ र वडा नम्बर ६ बाट केशव थापा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर २ बाट बच्चुराम तामाङ ‘श्याम’ र वडा नम्बर ५ बाट विष्णुप्रसाद अधिकारी विजयी भए भने वडा नंं. ३ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार मनोजकुमार उप्रेती विजयी भएका छन् । 

यता ५ वटा वडा रहेको किस्पाङ गाउँपालिकामा २ हजार ५ सय ६८ मत ल्याएर काँग्रेसका छत्रबहादुर लामाले जितेका छन् । उनमा प्रतिष्पर्धी नेकपा एमालेका वीरबल तामाङले १ हजार ६ सय ६५ मत ल्याएका छन् । 
यस्तै उपाध्यक्षमा काङ्ग्रेसकै मायाँदेवी न्यौपानेले २ हजार ३ सय ९४ मत ल्याइन् भने उनको प्रतिष्पर्धी नेकपा एमालेकी मेन्चुङ लामा (तामाङ)ले १ हजार ८ सय ३४ मत प्राप्त गरेकी छिन् । 

निर्वाचन अधिकृत हरीप्रसाद घिमिरेका अनुसार किस्पाङ गाउँपालिकाको १बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइत घले, २ बाट नेपाली काँग्रेसका देवनाथ भट्ट, ३ बाट नेपाली काँग्रेसका अमृतबहादुर तामाङ, ४ बाट नेकपा (एमाले)का एकराज घले र ५ बाट काँग्रेसका नरहरी भट्ट निर्वाचित भएका छन् ।  
 

प्रकाशित: ३ जेष्ठ २०७४ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App