coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

आइटियु डेमा टेलिकमको अफर

काठमाडौं – आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (आइटियु डे) का दिन नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई विभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ । 

कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत २०७४ साउन २८ गतेसम्म कायम रहने विज्ञप्तिमार्फत जनाएको छ । अफरअन्तर्गत फोरजी डाटा प्याकेज जिएसएम सेवाका ग्राहकलाई उपलब्ध गराइएको छ भने अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकलाई पनि उपलब्ध गराइएको छ । 

फोरजी डाटा प्याकेज अन्तर्गत ५० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी दुई सय एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी एक सय रुपैयाँमा १४ दिनसम्म उपभोग गर्न पाउने गरी पाँच सय एमबी डाटा, दुई सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, तीन सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी दुई हजार एमबी डाटा र पाँच सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी तीन हजार ६ सय एमबी डाटा उपलब्ध गराइएको छ । 

अल टाइम डेटा प्याक अन्तर्गत स्मल डेटा प्याक (रु.२५ र रु.५०) पनि थप गरिएको छ ।  अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ । 

त्यसैगरी ५० रुपैयाँमा १४ दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी एक सय २५ एमबी डाटा, एक सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी चार सय एमबी डाटा, दुई सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी आठ सय ५० एमबी डाटा र तीन सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी एक हजार पाँच सय एमबी डाटा उपलब्ध गराइएको छ । 

त्यसैगरी नाइट डाटा प्याकेज अन्तर्गत दुई सय रुपैयाँमा तीन जिबी डाटा र तीन सय रुपैयाँमा ६.५ जिबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म ३० दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ । 

अल टाइम डाटा प्याकेज तथा नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकलाई २०७४ जेठ ३ गतेदेखि उपलब्ध हुनेछ भने जिएसएम सेवाका ग्राहकलाई वैशाख २९ देखि लागू हुने गरी उपलब्ध गराइसकिएको टेलिकमले जनाएको छ ।

यस्तैगरी फेसबुक तथा इन्स्टाग्राम डाटा प्याकेजअन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी एक सय १० एमबी डाटा उपलब्ध गराइएको छ । ५० रुपैयाँमा १४ दिनसम्म उपभोग गर्न पाउने गरी दुई सय ३० एमबी डाटा, एक सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी पााँच सय एमबी डाटा र दुई सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी एक हजार एक सय एमबी डाटा उपलब्ध गराइएको छ ।

प्रकाशित: ३ जेष्ठ २०७४ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App