coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जिरी नपामा एमाले विजयी, दोलखाको मतपरिणाम यस्तो छ

दोलखा— जिरी नगरपालिका मेयर तथा उपमेयरमा एमाले विजयी भएको छ। मेयरमा एमालेका टंक जिरेल ३२१२ मत पाएर विजयी भएका हुन्। दोस्रो हुने माओवादी केन्द्रका गोल्बु शेर्पाले २१०६ मत ल्याए।

उपमेयरमा एमालेकै कृष्णमाया बुढाथोकी ३२६६ मत पाएर विजयी भइन्। उनकी निकटम प्रतिद्वन्द्वी चित्रमाया शर्माले २०१७ मत पाइन्।

जिल्लामा अहिलेसम्म ७४ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ। तीमध्ये हालसम्म एमालेले १४, माओवादी केन्द्रले १२ र कांग्रेसले १० वडामा जित हात पारेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App