८ वैशाख २०८१ शनिबार
राजनीति

बाग्लुङको गल्कोट नगरपालिकामा काँग्रेस विजयी

बाग्लुङ– जिल्लाको गल्कोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । बुधबार सम्पन्न मतगणनाबाट नेपाली काँग्रेसका भरत शर्मा गैरेले ५८१४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी एमाले जनमोर्चा संयुक्त प्यानलका टंक केसीले ३३६२ मत ल्याएका छन् । माओवादी केन्द्रका फमलाल निउरेले २७४० र नयाँ शक्तिका बमहादुर गुरुङले ११९ मत पाए । 

उपमेयरमा नेपाली काँग्रेसकी रेनुका काउचाले ६०९९ मत ल्याएर विजयी हासिल गरिन् । उनका प्रतिपस्र्धी एमालेकी रत्ना भण्डारीले ३३५४, माओवादी केन्द्रकी ललिता थापाले २८६० मत ल्याएका छन् । काँग्रेसले नगर प्रमुख र उपप्रमुख सहित ७ वटा वडा समेत जितेको छ ।

गलकोट नगरपालिका वडा नम्बर २, ३, ४, ५, ८, ९ र १० नेपाली काँग्रेस, वडा नम्बर १ र ११ मा सयुक्त प्यानल र वडा नम्बर ७ र ८ मा माओवादी केन्द्रले प्यानल जितेको छ । वडा नम्बर १ मा संयुक्त प्यानलबाट राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकी, वडा नम्बर २ मा नेपाली काँग्रेसका हिम बहादुर भण्डारी हेमन्त, ३ मा नेपाली काँग्रेसका बिरजङ भण्डारी, ४ मा नेपाली काँग्रेसका बलबहादुर खत्री, ५ मा नेपाली काँग्रेसका नारायध्वज मल्ल, वडा नम्बर ६ मा माओवादी केन्द्रका नरबहादुर खत्री, ७ मा माओवादी केन्द्रका सुवेदार टिकाबहादुर थापा, ८ मा नेपाली काँग्रेसका रामप्रसाद कँडेल, ९ मा नेपाली काँग्रेसका त्रिलोक थापा, १० मा नेपाली काँग्रेसका तिलक घर्ति, वडा नम्बर ११ मा सयुक्त प्यानेल अन्तर्गत एमालेका डम्बर श्रीस निर्वाचित भएका छन्।

 

प्रकाशित: ३ जेष्ठ २०७४ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App