८ वैशाख २०८१ शनिबार
राजनीति

खोटाङमा एमालेका १४ उम्मेदवारको टुंगो

खोटाङ – प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचनको मत गणना भइरहँदा खोटाङमा नेकपा एमालेले मेयर/उपमेयर तथा गाउँ प्रमुख÷उपप्रमुखको १४ पदका लागि उम्मेदवारको टुंगो लगाएको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा मेयर÷उपमेयर तथा गाउँ प्रमुख/उपप्रमुखको २० वटा पदमध्ये ६ वटा पदको उम्मेदवार मात्र टुंगो लाग्न बाँकी रहेको एमालेले जनाएको छ । यसअघि अधिकांश नगर र गाउँपालिकामा सहमति नजुट्दा प्रदेश कमिटीमा निर्णयार्थ आकांक्षीको नामावली सिफारिस गरिए पनि प्रदेश कमिटीले पुनः निर्णयका लागि जिल्लामै पठाएपछि १४ पदमा उठ्ने उम्मेदवारको टुंगो लगाइएको हो। 

एमाले खोटाङका उपसचिव कुमार आचार्यका अनुसार आगामी जेठ ३१ गते हुने निर्वाचनका लागि ५ गाउँपालिकामा भने गाउँ प्रमुख र उपप्रमुखको सर्वसम्मत उम्मेदवारको टुंगो लागेको छ । लामीडाँडा गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको प्रमुख, हलेसी तुवाचुङ नगरपालिकाको उपमेयर र साकेला गाउँपालिकाको उपप्रमुखको टुंगो लागेको एमालेले जनाएको छ । एमालेले ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा गृहबहादुर राई, उपप्रमुखमा पुष्पकला भुजेल, केपीलासगढी गाउँपालिका प्रमुखमा कृष्ण राई, उपप्रमुखमा हिराकुमारी बन, दिप्रुङ गाउँपालिका प्रमुखमा अर्जुन रोका, उपप्रमुखमा अम्बीका राई, खोटेहाङ गाउँपालिका प्रमुखमा प्रदीप राई, उपप्रमुखमा कबिता राई, बराहपोखरी गाउँपालिका प्रमुखमा गणेश कोईराला, उपप्रमुखमा गोमा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

यस्तै, लामीडाँडा गाउँपालिकाको प्रमुखमा लिलाबहादुर निरौला, जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा शंकर राई, हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा मनिसा राई र साकेला गाउँपालिकाको उपप्रमुखमा दिलकुमारी राईलाई उठाउने तयारी गरिएको उपसचिव आचार्यले बताए । एमालेले सदरमुकाम दिक्तेल रहेको रुपाकोट मझुवागढी नगरपालिकाको मेयर÷उपमेयर तथा हलेसी तुवाचुङ नगरपालिकाको मेयरको टुंगो लगाउन सकेको छैन । ‘अन्य पदमा पनि छलफल भइरहेको छ,’ उपसचिव आचार्यले भने, ‘जेठ ६ गते प्रदेश कमिटिले यसको टुंगो लगाउने छ।’ 

खोटाङमा कांग्रेसले हालसम्म आधिकारिक उम्मेदवार छान्न सकेको छैन । नेकपा माओवादी केन्द्रले लामीडाँडा गाउँपालिका बाहेकका नगर तथा गाउँपालिकाको उम्मेदवार टुंगो लगाइसकेको जनाएको छ । तर, पत्रकार सम्मेलन गरेरै उम्मेदवारको नाम सार्वजनिक गर्ने माओवादी केन्द्रले तयारी गरिरहेको छ। 

प्रकाशित: ३ जेष्ठ २०७४ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App