८ वैशाख २०८१ शनिबार
राजनीति

सिन्धुपाल्चोकमा एमालेले खाता खोल्यो

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा एमाले विजयी भएको छ ।

एमालेका  जिल्ला सचिव समेत रहेका कमल नेपाल २७६१ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका राजु लामाले भने २७३१ मत प्राप्त गरे ।  

त्यसैगरी उपाध्यक्षमा पनि एमाले कै विजय भएको छ। एमालेकी हेमगंगा मोक्तान २८५२ मत प्राप्त गरी उपाध्यक्ष बन्न सफल भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी  माओवादी केन्द्रकी फुलम लामाले २४२७ मत प्राप्त गरिन् ।

७ वटा वडा रहेको लिसंखुपाखरमा माओवादी केन्द्रले ४, एमालेले २ र काँग्रेसले १ वडामा जित हासिल गरेको छ ।

यो सँगै लिसंखुपाखर गाउँपालिका सिन्धुपाल्चोकको पहिलो मतगणना सम्पन्न गर्ने स्थानीय तह बनेको छ । 

 

प्रकाशित: ३ जेष्ठ २०७४ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App