coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

धादिङमा एमाले–कांग्रेस सँगसँगै, रुवीभ्यालीमा राप्रपा

धादिङ –स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार धादिङमा नेकपा एमाले र नेपाली कांग्रेस सँगसँगै प्रतिष्पर्धामा देखिएका छन् । जिल्लामा १३ स्थानीय तह छन् ।

६ वटामा नेकपा एमाले  र ६ वटा वडामा नेपाली कांग्रेस अगाडि देखिएका छन् भने रुवीभ्याली गाउँपालिकामा राप्रपा झिनो मतले अगाडि लागेको छ । 

निलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस मेयरका उम्मेदवार भीमप्रसाद ढुङ्गाना र उपमेयरमा नेकपा माओवादी केन्द्रका मनराज भण्डारीले अग्रता हासिल गरेका छन् । धुनिबेसी नगरपालिकामा नेकपा एमालेका बालकृष्ण आचार्य र एमालेकै निरु खरेल अग्रस्थानमा छन् । 

नेकपा एमालेले सिद्धलेक, गल्छी, थाक्रे, बेनिघाट रोराङ, गजुरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा अग्रता हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले खनियाबास, त्रिपुरासुन्दरी, ज्वालामुखी, नेत्रावती र गंगाजमुनामा अग्रता हासिल गरेको छ ।  

जिल्लामा रहेका १०४ वडा मध्ये अहिलेसम्म ५६ वडाको मतगणना सकिएको छ । एमाले ३१, कांग्रेसले १४, माओवादीले ९ र राप्रपा २ वटा वडामा विजय भएका छन् ।
मत गणना जारी छ ।

प्रकाशित: ३ जेष्ठ २०७४ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App