coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बाग्लुङको निशीखोलामा काँग्रेस र ताराखोलामा माओवादी  विजयी

बाग्लुङ – जिल्लाको निशीखोला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका तारानाथ पौडेल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

पौडेलले २९३७ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका प्रेम घर्तीलाई ६९९ मतले पराजित गरे । घर्तीले २०३८ मत पाएका छन् ।

उपाध्यक्षमा काँग्रेसकै शोभा कार्की जित हात पारिन् । उनले २८७२ मत प्राप्त गरिन भने उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रकी यशोधा रेग्मीले २००३ मत प्राप्त गन् ि।  ७ वडा भएको निसीखोला गाउँपालिकामा वडा नं १, ४,५ र ६ मा क्रमश नेपाली काँग्रेसका ईन्द्रबहादुर शाही, टीकानिधि पौडेल, हर्कमान घर्ती र सूर्यबहादुर घर्ती प्यानलै सहित विजयी भएका छन भने ७ मा स्वतन्त्र उमेदवार तेजिन्द्र विक्रम कुँवरको प्यानलले जितेको छ । यसैगरी वडा नं २ मा माओवादी केन्द्रका कुविर विक अध्यक्ष र बाँकी सदस्यहरु काँग्रेस र, वडा नं ३ मा जनमोर्चाका जुनविक्रम शाही प्यानल सहित विजयी भएका छन् ।

जिल्लाको ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीको प्रकाश घर्तीले काँग्रेसका दण्डपाणी कँडेललाई भारी मत अन्तरले पराजित गरेका छन् । घर्तीले ३३५० कँडेलले ९५६ मत पाए । उपाध्यक्षमा माओवादीकै दिलकुमारी रोकाले ३३५० मत ल्याएर विजयी भइन भने उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रकला पुनले ८८४ मत पाएकी छिन् ।

५ वडा रहेको ताराखोलामा प्रमुख उपप्रमुख सहित सम्पूर्ण वडाअध्यक्षमा प्यानल नै माओवादी केन्द्रले जितेको छ । वडा नम्बर १ मा यामबहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा दिलबहादुर बस्नेत, ४ मा जितबहादुर खत्री र ५ मा रामबहादुर रोका सहितको प्यानल विजयी भएको हो । 

प्रकाशित: ३ जेष्ठ २०७४ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App