७ वैशाख २०८१ शुक्रबार
राजनीति

पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी

पर्वत- पर्वतको महाशिला गाउँपालिकामा एमालेका राजु पौडेल अध्यक्ष र हीरादेवी थापा उपाध्यक्षमा विजयी भएका छन्।
महाशिला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एउटाबाहेक सबै वडामा नेकपा(एमाले) विजयी भएको हो।
अध्यक्षमा विजयी भएका पौडेलले दुई हजार ४५३ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उज्ज्वल गुरुङले दुई हजार १० मत पाएका छन्।
यसैगरी उपाध्यक्ष पदमा विजयी हीरादेवी थापाले दुई हजार ४८३ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्दी काँग्रेसकी सिर्जना मल्ल ठकुरीको एक हजार ९५१ मत रहेको छ।
त्यस्तै वडा नं १, ३, ४, ५ र ६ मा समेत एमालेको प्यानल नै जितेको छ । वडा नं २ मा भने काँग्रेसले जितेको छ । वडा नं १ मा ईश्वरी भुसाल, २ मा ताराबहादुर राना, ३ मा रोशन गुरुङ, ४ मा पुरनबहादुर मल्ल, ५ मा जीवन उचैं ठकुरी र ६ मा रामबहादुर सुनार विजयी भएका छन्। रासस

 

प्रकाशित: २ जेष्ठ २०७४ १८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App