coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुलीको गोलन्जोरमा काँग्रेस निर्वाचित

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ।
नेपाली काँग्रेस पदका उम्मेदवार पुष्पबहादुर कार्की तीन हजार ३७६ र उपाध्यक्ष पदका उम्मेदवार गङ्गादेवी श्रेष्ठ तीन हजार २८७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) टीकाबहादुर देवकोटाले दुई हजार ५८४, उपप्रमुख धनकुमारी पुलामीले दुई हजार ६४५ मत प्राप्त गरे।

गोलन्जोर वडा नम्बर १ मा माओवादी केन्द्रका मीनबहादुर सुनुवारले ५२८, वडा नम्बर २ मा काँग्रेसका दौलत कार्की ४७७, वडा नम्बर ३ मा काँग्रेसका पुस्कर बराल ४४२, वडा नम्बर ४ मा एमालेका बेगबहादुर मगर ६७६, वडा नम्बर ५ र ६ मा नेपाली काँग्रेसकै बुद्धिबहादुर पाल्पाली ५३० र पुरुषोत्तम श्रेष्ठले ५३७, वडा नम्बर ७ मा एमालेका रोमबहादुर देवकोटा ५९५ मत प्राप्त गरी विजयी भए। रासस

 

प्रकाशित: २ जेष्ठ २०७४ १८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App