coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पर्वतको पैंयूँमा काँग्रेस विजयी

पर्वत- पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। मंगलबार सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारी नौ सय ७७ मत अन्तरले बिजयी भएका हुन। तिवारीले तीन हजार चार सय ३१ मत पाउँदा नेकपा एमालेका मित्रलाल बस्यालले दुई हजार चार सय ५४ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार सोमबारबिहान देखि सुरु भएको मतगणनामा सात वटा वडा रहेको पैंयूँ गाउँपालिकाको मतगणना सकिएको हो । पैंयूँ गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसका जसमती गुरुङ बिजयी भइन् । उनले तीन हजार एक सय ८४ मत पाउदा एमालेकी गोमता शर्माले दुई हजार चार सय ३१ मत पाइन । पैंयूँमा नौ हजार आठ सय नौ मतदाता रहेकोमा छ हजार आठ सय २४ मत खसेको थियो । पैंयूँ १,२,६,७ काँग्रेस, ३ र ४ एमाले र ५ नम्बर वडा माओबादी केन्द्रले जितेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए।

 

प्रकाशित: २ जेष्ठ २०७४ १७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App