coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बाग्लुङमा २९ वडाको नतिजा सार्वजनिक, जनमोर्चालाई अग्रता, वैद्यको खाता खुल्यो

बाग्लुङ- स्थानीय तह निर्वाचन अन्तर्गत बाग्लुङमा चुनावी परिणाम आउन शुरु गरेको छ। मंगलबार साँझसम्म जिल्लाका २९ वडाको नतिजा सार्वजनिक भएको छ। प्राप्त परिणाम अनुसार राष्ट्रिय जनमोर्चाले सम्पूर्ण प्यानल सहित ९ वटा वडा जितेको छ। १० वटा स्थानीय तह रहेकोमा यहाँ ८५ वटा वडा रहेका छन् ।  नेपाली कांग्रेसले ८, नेकपा एमालेले ७, नेकपा माओवादी केन्द्रले ५, नेकपा क्रान्तिकारी माओवादीले एक वडामा जित हात पारेको छ।

१४ वडा रहेको बागलुङका वडा नम्बर १ र २ मा नेकपा एमालेले एकल रुपमा जितको छ। ३  राष्ट्रिय जनमोर्चाका उम्मेदवार लक्ष्मी बाँस्कोटा विजयी भएकी छिन। नेपाली कांग्रेसको बलियो क्षेत्र मानिएको बानपा २ को वार्ड अध्यक्षमा एमालेका जीवन आचार्य सहित एक सदस्य बिजयी भएका छन् भने तीन सदस्य नेपाली कांग्रेसका बिजयी भएका छन् । बानपा १ को वडा अध्यक्षमा दुर्गाबहादुर बोहरा सहित सबै प्यानल बिजयी भएका छन् ।  खुल्ला सदस्यमा सुर्य लामिछाने, लालबहादुर केसी, महिला सदस्यमा शान्तिदेवी शर्मा र दलित महिला सदस्यमा लक्ष्मी बोहरा बिजयी हुनुभएको छ ।

बागलुङ नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार मेयर पनि नेकपा एमाले राप्रपा गठवन्धन अगाडी छ  । तीन वटा वडाको नतिजा सार्वजनिक हुँदासम्म एमालेका जनक पौडेलले २६८० मत र नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले २१५० मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमाले राप्रपा गठवन्धनका सुरेन्द्र खड्काले २६५१ र नेपाली कांग्रेसकी प्रत्यासी शकुन्तला शर्माले १८५५ मत प्राप्त पाएकी छिन् ।

बागलुङको गलकोट नगरपालिकामा नेपाली कांग्रेसले चार वडामा जित हात पारेको छ।

गलकोट नगरपालिका १ मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवार नेत्र बुढाथोकी विजयी भए । २ मा नेपाली कांग्रेसका हेमन्त भण्डारी, ३ मा बिरजङ्ग राजभण्डारी, ४ मा बलबहादुर खत्री र ५ मा नारायणध्वज मल्ल सहित सबै प्यानल बिजयी भएका छन् ।

ढोरपाटन नगरपालिकाको तिन वडाको मत परिणाम सार्वजनिक भएकोमा  वडा नम्बर १ बाट नेकपा माओवादी केन्द्रका चित्रबहादुर भण्डारी वडा नम्बर २ र ४ मा भने राष्ट्रिय जनमोर्चाको सम्पूर्ण प्यानल विजयी भएको छ । जनमोर्चाका तर्फबाट वडा नम्बर २ मा युवराज महत, ४ मा तिलक पुन विजयी भए । ३ मा नेकपा क्रान्तिकारी माओवादीका हेमेन्द्र पुनले जित हात पारेका छन् । 

जैमिनी नगरपालिकामा पनि दुई वडाको मत गणना गरिएकोमा दुवैमा राष्ट्रिय जनमोर्चाले विजयी हासिल गरेको छ । जैमिनी नगरपालिका वडा नम्बर १० राङ्खानीमा राजमो–एमाले गठबन्धनका अध्यक्षका उमेदवार नरबहादुर थापाको प्यानल विजयी भए । वडा नम्बर ९ पैयुँथन्थापमा राष्ट्रिय जनमोर्चाका भविन्द्रकुमार थापा ‘विरेन्द्र’ को प्यानल विजयी भए ।

काठेखोला गाउँपालिकामा नेकपा एमालेले दुई वडा तथा नेपाली कांग्रेसले एक वडामा बिजयी हासिल गरेको छ । काठेखोला १ मा नेपाली कांग्रेसका खड्क थापा, २ मा एमालेका बिद्यापति शर्मा, ३ मा यामबहादुर श्रीसले नतिजा आफ्नो पोल्टामा पारे ।

बरेङ गाउँपालिकाका दुई वडामा राष्ट्रिय जनमोर्चाको सम्पूर्ण प्यानल विजयी भएको छ ।

वडा नम्बर १ धुल्लुबाँस्कोटमा राजमो र एमालेको तर्फबाट अध्यक्षमा उमेदवारी दिएका  नरसिंह पुन र वडा नम्बर २ मा पूर्ण खनालको प्यानल विजयी भए ।

बडिघाट गाउँपालिकामा नेकपा एमालेले तिन वडा जितेको छ भने एक वार्ड राष्ट्रिय जनमोर्चाले जितेको छ। बडिघाट गाउँपालिका १ मा राष्ट्रिय जनमोर्चाका बोमबहादुर थापा, २ मा नेकपा एमालेका बिष्णु भुषाल, ३ मा खड्क पुन, ४ मा प्रेम गलामी विजेता बनेका छन् ।

ताराखोला गाउँपालिकामा गणना गरिएका तिन वटै वार्डमा माओवादी केन्द्रले जितेको छ । ताराखोला गाउँपालिका १ मा यामबहादुर श्रीस, २ मा भद्र घर्ति सोनम, ३ मा दिलबहादुर बस्नेत विजयी भएका छन् ।

निसीखोला गाउँपालिका १ मा नेपाली कांग्रेसका इन्द्रबहादुर मल्ल सहित सबै प्यानल, २ मा नेकपा माओवादीका कुविर बिक बिजयी भएका छन् । वडा नम्बर ३ मा राष्ट्रिय जनमोर्चाका जुनविक्रम शाहीको प्यानल, ४ मा नेपाली कांग्रेसका टिकानिधी पौडेल प्यानल र ५ मा हर्कमान बुढाको प्यानल विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासका अनुसार केही गाउँपालिकाको परिणाम बुधबार साँझसम्म आउनेछ । यसअघि तमानखोला गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जोकलाल बुढा विजयी भएका छन् ।

प्रकाशित: २ जेष्ठ २०७४ १५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App