coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काँग्रेस गढमा एमाले उम्मेदवार विजयी

पर्वत— नेपाली काँग्रेसको गढ मानिएको कुश्मा नगरपालिका १ पाङको वडा अध्यक्षमा एमालेका देबेन्द्र सुवेदी बिजयी भएका छन्। उनले ४६ मतान्तरले काँग्रेसका उम्मेदवारलाई हराएका हुन्। वडा अध्यक्षमा एमालेले एक हजार १९ र काँग्रेसले नौ सय ७२ मत प्राप्त गर्‍यो।

रोचक त के छ भने यो वडामा अन्य पदमा भने नेपाली काँग्रेस भारी मतले अगाडि छ। यो वडाबाट मेयरमा काँग्रेसले एमालेभन्दा पाँच सय नौ मतले अग्रता लिइरहेको छ। दुई हजार तीन सय २६ मतमा काँग्रेसका मेयर रामचन्द्र जोशीले एक हजार दुई सय ५२ मत र उपमेयर सिता काफ्ले लामिछानेले एक हजार एक सय ९३ मत पाए।

यो वडाबाट एमालेका मेयर मेघनाथ सुबेदीले सात सय ४३ र उपमेयर पदका उम्मेदवार मुगा पोखरेलले सात सय ५२ मत प्राप्त गरेका छन्।

 

प्रकाशित: २ जेष्ठ २०७४ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App