coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सिन्धुलीको मरिणमा माओवादीको प्यानलै विजयी

सिन्धुली- सिन्धुलीको मरिण गाँउपालिकामा नेकपा माओवादी केन्द्रले गाँउपालिका प्रमुख, उपप्रमुख सहित सबै वडामा विजयी भएको छ। गाँउपालिका प्रमुखमा माओवादी केन्द्रका पानीराज बम्जनले ४८०२ मतले विजयी भएका हुन् उनका प्रतिद्धन्दी नेकपा एमालेका एकबहादुर रानाले १८६६ मत प्राप्त गरेका छन्।

 उपाध्यक्षमा माओवादी केन्द्रकी संगिता माझीले ४५ सय ३५ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्धन्दी एमालेकी  शर्मिला माझिले १९७७ मत प्राप्त गरेको स्थानीय पोषक पौडेलले जानकारी दिए। अध्यक्ष उपाध्यक्ष सहित माओवादीका  सात ओटै वडा अध्यक्षको प्यानलनै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्ष उपाध्यक्ष सहित सात वडामा ३७ ओटै पदमा माओवादी केन्द्र विजयी भएको स्थानीयले जनाएका छन्। सिन्धुलीको मरिण क्षेत्रलाई माओवादीको किल्लाको रुपमा चिनिदै आएको थियो। 

 

प्रकाशित: २ जेष्ठ २०७४ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App