८ वैशाख २०८१ शनिबार
राजनीति

भक्तपुरका तीन नगरपालिकामा नेमकिपा, कांग्रेस र एमालेको अग्रता

भक्तपुर- भक्तपुरका तीन वटा नगरपालिकामा तीन वटा राजनीतिक पार्टीहरुले निरन्तर अग्रता कायम गरिराखेका छन्। सोमबार मतगणणा सुरु भएदेखि यो समाचार तयार पार्दासम्म निरन्तर यो क्रम जारी छ।

भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), मध्यपुर थिमिमा नेपाली काँग्रेस र सूर्यविनायक नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अग्रता कायम गर्दै आएको हो। मतगणणा सुरु भएदेखि लिएको यो अग्रता निरन्तर जारी छ। कुनै पनि नगरपालिकामा कुनै पनि पार्टी पहिलो वा दोश्रो भइरहेको छैन । मतगणणा सुरु भएदेखि नै भक्तपुरमा नेमकिपा, मध्यपुरमा काँग्रेस र सूर्यविनायकमा एमालेको अग्रता कायम छ।

भक्तपुर नगरपालिकामा नेमकिपाका उम्मेदार सदाझै फराकिलो मत अन्तरकासाथ अग्रस्थानमा रहेको छ। प्रमुख उपप्रमुखदेखि वडाअध्यक्षलगायत सवै पदहरुमा नेमकिपाले अरु पार्टीहरुका उम्मेदबारहरुलाई ठूलो मत अन्तरले पछार्दै अगाडि वढिरहेको छ । समाचार तयार पार्दासम्म भक्तपुर नगरपालिका १ मा नेमकिपाका वडा अध्यक्ष कृष्णराम खत्री र २ मा हरिप्रसाद बासुकलासहित नेमकिपाका पूरै उम्मेदबारहरुले प्यानलसहित विजयी हासिल गरिसकेको छ।

मध्यपुर थिमिमा पनि नेपाली कांग्रेसले सुरु गरेको अग्रता निरन्तर जारी छ । मध्यपुर थिमि नगरपालिका १ मा पार्टीले वडा अध्यक्ष सुरज खड्कासहित प्यानल नै विजयी भएको छ । यता सूर्यविनायक नगरपालिकामा एमालेको अग्रता जारी छ । सूर्यविनायक नगरपालिका १ मा एमालेका वडा अध्यक्ष उम्मेदबार सानुकाजी कायष्ठसहित पूरै प्यानल विजयी भएको छ।

भक्तपुरमा चार वटा नगरपालिका छन् । तीमध्ये भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायकमा मतगणणा सोमबारदेखि नै सुरु भइसकेका छन् । चाँगुनारायण नगरपालिकामा भने बुधबार पुन मतदान हुँदैछ।

साँझ पाँच बजेसम्मको मत परिणाम

भक्तपुर नगरपालिका

मादल मेयर ४१८३ उपमेयर ४१८१

रुख मेयर १४१८ उपमेयर १३८९

सूर्य मेयर ७६३ उपमेयर ८८५

मध्यपुर थिमि नगरपालिका

रुख मेयर १६०६ उपमेयर १५०२

सूर्य मेयर १००१ उपमेयर ६४१ (नेमकिपा) गठबन्धन हो यो

हसिया हथौडा मेयर ४८ उपमेयर ६१

सूर्यविनायक

सूर्य मेयर १७३९ उपमेयर १८७०

रुख मेयर १४४९ उपमेयर ११३४

गाई मेयर ४२४ उपमेयर ५७१

 

 

प्रकाशित: २ जेष्ठ २०७४ ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App