coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौंका १० मध्ये ६ नगरपालिकामा काँग्रेसको अग्रता

काठमाडौं – स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौं जिल्लामा ६ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। पछिल्लो मत गणना अनुसार गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, तार्केश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, कागेश्वरी मनोहरा र नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। काठमाडौंमा १ महानगर सहित १० नगरपालिका छन्।

गोकर्णेश्वर नगरपालिकाको पछिल्लो मत गणना अनुसार मेयर उम्मेदवारमा नेपाली काँग्रेसका सन्तोष चालिसेले १६८६ र एमालेका पूण्य चौलागाँईले १३४० प्राप्त गरेका छन्। त्यस्तै उपमेयरमा नेपाली काँग्रेसकी शान्ति नेपाल १६२८ र एमालेकी शान्ति श्रेष्ठले १४०७ प्राप्त गरेकी छिन्।

टोखा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले २४६८, एमाले १६९९ र माओवादीको ६३३ प्राप्त गरेका छन्। उपमेयर पदमा भने नेपाली कांग्रेसले २१३६, एमाले २०६२ र माओवादीको ७२९ ल्याएका छन् ।

तार्केश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले ६०९ र एमाले ५५५ प्राप्त गरेका छन् । यता उपमेयर पदका लागि एमालेले ६२० र नेपाली कांग्रेसले ४२९ प्राप्त गरेका छन्।

त्यस्तै चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार ३०५५, एमाले १४९० र माओवादी केन्द्रले ९५५ प्राप्त गरेका छन्। त्यस्तै उपमेयरमा नेपाली काँग्रेस २२४१, एमाले १७२४ र माओवादी १०९६ प्राप्त गरेका छन्।

किर्तिपुर नगरपालिकामा भने विवादका कारण मत गणना सुचारु हुन सकेको छैन्। त्यस्तै दक्षिणकाली महानगरपालिकाको मेयरमा एमाले १९०२, नेपाली काँग्रेस १४९७ र माओवादीको ६०६ प्राप्त गरेका छन्। त्यस्तै उपमेयरमा भने एमालेले १८२१, नेपाली काँग्रेस १६१४ र माओवादी ५११ प्राप्त गरेको छ।

कागेश्वरी मनोहरामा नगरपालिकमा १५०१ मत गणना हुँदा मेयर पदमा  नेपाली काँग्रेस ५३२, एमाले ५२६ र माओवादी केन्द्र २९९  प्राप्त गरेका छन्। त्यस्तै उपमेयरमा एमाले ५४७, नेपाली काँग्रेस ५३२ र माओवादी २७३ मत पाएका छन्।

बुढानीलकण्ठ नगरपालिकामा भने मेयर पदमा एमालेले अग्रता लिएको छ। एमालेले २५६०, नेपाली कांग्रेसले १६९७ र माओवादीले ६३८ ल्याएका छन् । नागार्जुन नगरपालिकाको मेयरमा भने नेपाली काँग्रेसले अग्रता लिएको छ ।  मेयर नेपाली कांग्रेस ४५४, एमालेले ४३० मत ल्याएका छन् भने उपमेयर पदमा एमाले ४०१ र नेपाली काँग्रेसले ३९० प्राप्त गरेका छन् । शङ्खरापुर नगरपालिकाको मेयर पदमा एमाले ८५८, माओवादी ५७० र नेका ४०३ ल्याएका छन् । उपमेयरमा भने एमाले ९१५,माओवादी ६४४  र नेपाली कांग्रेसले ३५३ ल्याएका छन्।

 

प्रकाशित: २ जेष्ठ २०७४ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App