७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख राजस्व

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ । 

महाशाखाले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न निषेध गरेको थियो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले एक महिनाको अवधिमा हर्न निषेध कारबाहीअन्तर्गत उपत्यकामा तीन हजार ७२४ सवारी साधनका चालकलाई कारबाही गरिएको जानकारी दिए । 

“उपत्यका बाहिरबाट उपत्यका भित्रिने सवारी साधनका चालक बढी हर्न निषेध कारबाहीमा परेका छन्,” उनले भने । हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको उनले दाबी गरे । 

हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्यामा समेत कमी आएको महाशाखाले जनाएको छ । हर्न निषेध उल्लङ्घन गर्ने सवारी साधानको चालकबाट प्रतिचालक ट्राफिकले रु ५०० राजस्व सङ्कलन गर्दै आएको छ । रासस 

प्रकाशित: २ जेष्ठ २०७४ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App