१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसकी उपप्रमुख उम्मेदवार एक भोटले विजयी

श्रीहरी पौडेल

तनहुँ— निर्वाचनमा प्रत्येक भोटको महत्व उत्तिकै हुन्छ। एक भोट पाउनु र नपाउनुको अर्थ उम्मेदवारका लागि ठूलो हुनेगर्छ। तनहूँको देवघाट गाउँपालिकाको उपाध्यक्षमा एक भोट अन्तरले काँग्रेस उम्मेदवार विमला थापा विजयी भएकी छिन्।

तनहूँको देवघाट गाउँपालिकाको उपाध्यक्षमा एक भोट अन्तरले काँग्रेस उम्मेदवार विमला थापा विजयी भएकी छिन्।

गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवार दुर्गा बहादुर थापा निवाचित भए। थापाले २८७९ मत प्राप्त गरी बिजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी कर्णबहादुर गुरुङले २८१४ मत ल्याए।

गाउँपालिकाको उपाध्यक्षमा एक मत अन्तरले नेपाली काँग्रेसकी उमेदवार विमला थापा निवाचित भइन्।  थापाले २८६० मत प्राप्त गरि बिजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्री न्यौपानेले २८५९ मत प्राप्त गरिन्।

यसैगरी वार्ड १ अध्यक्षमा नेकपा एमालेका भिम बहादुर गुरुङ ,२ मा नेपाली कांग्रेसका पोल बहादुर आले, ३ मा नेपाली कांग्रेसकै किर्तिमान आले ,४ मा नेपाली कांग्रेसकै पदम गुरुङ र ५ मा नेकपा एमालेका बिजय गुरुङ बिजयी भएका छन्।

प्रकाशित: २ जेष्ठ २०७४ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App