coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काठमाडौं उपत्यकामा एमालेले खाता खोल्यो

काठमाडौं—एमालेले काठमाडौं उपत्यकामा खाता खोलेको छ। ललितपुरको महाँकाल गाउँपालिकामा जित हाँसिल गर्दै एमालेले उपत्यकामा विजयी सुरुवात गरेको हो।

निर्वाचन अधिकृत ध्रुवकुमार ढकालका अनुसार ललतिपुरको महाँकाल गाउँपालिका प्रमुखमा एमालेका रामचन्द्र दाहाल २ हजार ८० मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भीमसेन घिमिरेले १७२२ मत पाए।

उपप्रमुखमा एमालैकै कमला लामा तामाङ विजयी भइन्। उनले २२९३ मत पाइन्। काँग्रेसकी सशीला अधिकारीले १४२९ मत ल्याइन्।

प्रकाशित: २ जेष्ठ २०७४ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App