coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डोल्पाको ठूलीभेरीमा एमाले विजयी

डोल्पा – डोल्पाको ठूलीभेरी नगरपालिकामा एमालेले विजय हासिल गरेको छ । एमालेका गणेशबहादुर शाही १४८३ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुवर्ण बुढाले १३६२ मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपमेयरमा १३२४ मतसहित राप्रपाका योगेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी लक्ष्मी कार्कीले ११८४ मत प्राप्त गरेकी छिन् ।

याे सँगै ठूलोभेरी नगरपालिका सबैभन्दा पहिला मतगणना सम्पन्न गर्ने नगर बनेकाे छ।  

 

प्रकाशित: २ जेष्ठ २०७४ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App