coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सल्यानमा माओवादीको अग्रता,  २५ मध्ये १२ वडामा विजयी

दाङ – सल्यानमा अहिले सम्मको चुनावी नतिजा अनुसार माओवादी केन्द्र अग्रस्थानमा छ । दोस्रोमा एमाले छ भने तेस्रोमा कांग्रेस छ ।

अहिले सम्म नतिजा सार्वजनिक भैसकेका २५ वटा वडाको मतपरिणाम अनुसार माओवादी केन्द्रले १२ वटा वडा जितेको छ । एमालेले ८ वडामा जित हात पारेको छ भने कांग्रेसले ५ वडामा जित हात पारेको छ । यहाँका तीन नगरपालिका मध्ये एक-एक नगरपालिकामा कांग्रेस, एमाले र माओेवादीले अग्रता कायम राखेका छन् ।

अहिले मतगणना जारी शारदा नगरपालिकामा कांग्रेस अग्रस्थानमा छ । कांग्रेसका सुरेश अधिकारी ९२७ मतका साथ अग्रस्थानमा छन् भने दोस्रोमा राप्रपाका मनोज प्रधान छन् । उनले ९०३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका एमालेका राम खड्गीले ८ सय ४० मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका प्रमोद कुमार श्रेष्ठले ५६१ मत ल्याएका छन् । 

यसैगरी बागचौर नगरपालिका माओवादी केन्द्र अग्रस्थानमा रहेको छ । माओवादीका लोकमान बुढाथोकी १५७९ मतका साथ अग्र स्थानमा छन् भने नेपाली कांग्रेसका गोरखबहादुर खत्री १४६४ मतका साथ दोस्रो स्थानमा र एमालेका लोकबहादुर डाँगी १०७९मतका साथ तेस्रो स्थानमा छन् । यस्तै बनगाढ कुपिण्डे नगरपालिकामा एमालेका  गोविन्द पुन ९ सय ५६ मतका साथ अग्रस्थानमा छन् भने माओवादी केन्द्रका  कर्ण वहादु बुढाथोकी  ९ सय २९ मतका साथ दोस्रो स्थानमा छन् । यो नगरपालिकामा कांग्रेस र एमाले बीच तालमेल छ ।  

यस्तै ६ गाउँपालिकामा भैरहेको मतगाणनामा माओवादी केन्द्र ३ स्थानमा अगाडि छ । दार्मा गाउँपालिका, कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा माओवादीले अग्रस्थानमा छ भने एमाले ढोर चौर र कपुरकोट गाउँपालिकामा गरी दुई गाउँपालिकामा अग्रसथानमा छ । यस्तै त्रिवेणी गाउँपालिकामा कांग्रेसले अगुवाई गरिरहेको छ ।  

प्रकाशित: २ जेष्ठ २०७४ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App