७ वैशाख २०८१ शुक्रबार
राजनीति

चाँंगुनारायण नगरपालिकामा फेरि भोलि मतदान

भक्तपुर— भक्तपुरको चागुनारायण नगरपालिकाको नगरकोटमा बुधबार पुन मतदान हुने भएको छ। चागुनारायण नगरपालिको नगरकोट ख बुथमा पुन मतदान हुने भएको हो। मतदान विहान सात बजेटबाट सुरु हुनेछ।

चागुनारायणन नगरापालिका प्रमुख निर्वाचन अधिकृत रिन्जु डंगोलले निर्वाचन आयोगको निर्देशन अनुसार चागुनारायण नगरपालिको नगरकोट ख मा पुन मतदान गर्न लागिएको जनाइन्।  आइतबार भएको मतदानमा मतदान केन्द्रमा आठ सय सात मत खसेको थियो।

आइतबार त्यहाँं नेपाल मजदुर किसान पाटीको चुनाव चिन्ह मादल नभएको मतपत्रको प्रयोगबाट २२ वटा मतदान भएको थियो। २२ वटा मत खसिसकेपछि मात्र चुनाव चिन्ह नभएको मतदान अधिकृतलाई जानकारी भएपश्चात केही समय विवाद भएको थियो। सो बिषयमा बिवाद भए पनि मतदान सञ्चालन गरिएको थियो। मतदान भएर मतगणनाका लागि चागुनारायण नगरपालिकाको खरिपाटी विद्युत तालिम केन्द्रमा सबै मतपेटीका ल्याइएको छ।

घटनापछि नेपाली काँग्रेस, नेकपा एमाले, राष्टिय प्रजातन्त्र पार्टी मतगणणाका पक्षमा थिए। नेमकिपाले भने खसेको २२ मत बदर गरी मतगणा गर्नुपर्ने अडान लिएको थियो।

प्रकाशित: २ जेष्ठ २०७४ ०६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App