८ वैशाख २०८१ शनिबार
राजनीति

ललितपुर महानगरपालिका २ मा एमाले प्यानल विजयी

ललितपुर – ललितपुर महानगरपालिका २ मा  नेकपा एमालेका राजेशकुमार महर्जन सहितको प्यानल विजयी भएको छ । वडा नम्बर दुईमा कांग्रेसका पवन बिष्ट निकटतम प्रतिद्वन्दी रहेका थिए।

मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार महर्जनले  १८३८ मत ल्याएका हुन् । वडा नम्बर दुईमा दुई सदस्य, एक महिला र दलित महिला सदस्य सहितमा एमाले विजयी भएको हो ।

दवाडीका अनुसार अहिले बिहान साढे सात बजेसम्ममा जोडिएको अंक अनुसार मेयर पदका लागि एमालेका हरिकृष्ण ब्यञ्जनकारले २३४४, कांग्रेसका चिरीबाबु महर्जनले १९५० र माओवादी केन्द्रका दिनेश महर्जनले ६७३ मत ल्याएका छन्।

यस्तै उपमेयरमा कांग्रेसका गिता सत्यालले १६१७ र माओवादी केन्द्रकी हसिना शाक्यले १४७५ मत ल्याएकी छिन्।
 
मुख्य निर्वाचन अधिकृत दवाडीले अहिले वडा नम्बर तीन र चारको मतगणना भै रहेको बताए। उनले निर्वाचन कार्यालयले दिएको औपचारिक जानकारी नै अन्तिम रहेकाले धैर्य गर्न आग्रह समेत गरे ।

प्रकाशित: २ जेष्ठ २०७४ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App