७ वैशाख २०८१ शुक्रबार
राजनीति

गोरखाको पछिल्लो परिणाममा काँग्रेस पहिलो, नयाँ शक्ति चौथो

गोरखा— मगलवार बिहा सम्म गोरखामा नेपाली कांग्रेसको अग्रता देखिएको छ। बिहानसम्म गणना भएको मध्ये गोरखा नगरपालिका १, २, आरुघाट गाउँपालिका १,२ सिराञ्चोक १,२ चुमनुब्री ६, गण्डकी २ वडामा कांग्रेस बिजयी भएको छ।

उत्तरी गोरखाका १,२, र ५ मा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका थिए। यो सँगै गोरखाका स्थानीय तहमा कांग्रेसले १२ वडा जितेको छ।

जिल्लाभरमा माओवादी दोस्रो स्थानमा छ। सुलिकोट १, धार्चे १, गण्डकी १, अजिरकोट १ र चुमनुब्री ७, सुलिकोट १ गरी ६ वडा माओवादी  केन्द्र बिजयी भएको छ। तेस्रो स्थानमा नेकपा एमाले छ। शहिद लखन गाउँपालिका १,२ धार्चे २ र गोरखा नगरपालिका ३ गरी चारवटा वडामा एमालेका वडाध्यक्ष बिजयी बनेका छन्। नयाँ शक्तिले गोरखामा अहिलेसम्म पालुङ्टार नगरपालिकाको वडा नम्बर १ जितेको छ।

गोरखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजन पन्त अगाडि छन् भने पालुङ्टार नगरमा नयाँ शक्तिका अशोक देवकोटा अगाडी छन् ।

प्रकाशित: २ जेष्ठ २०७४ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App