८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेका विद्यासुन्दर अघिअघि, साझाका किशोर पछिपछि

काठमाडौं—काठमाडौं महानगरपालिकाको मतगणनामा स्थापित पार्टीका उम्मेदवारलाई नयाँ दलका उम्मेदवारलाई चुनौती दिइरहेका छन्। मंगलबार बिहानसम्मको मतगणनामा एमालेका विद्यासुन्दर शाक्य २०१ मतसहित अग्रस्थानमा छन्। साझा पार्टीका किशोर थापा १३१ मतसहित दोस्रो स्थानमा छन्।

नेपाली काँग्रेसका राजुराज जोशीले ११४ मत पाएका छन्। विवेकशील नेपालीकी उम्मेदवार रञ्जु न्यौपानेको १०१ मत छ।

काठमाडौं महानगरपालिका वडा नं. १  बाट गणना भइरहेको हो। ३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो।

काठमाडौंको मेयरमा नयाँ उम्मेदवारहरु साझा पार्टीका थापा र विवेकशील नेपालीकी न्यौपाने सुरुदेखि नै चर्चामा थिए। २०३१ सालको एसएलसी परीक्षाका बोर्ड टपर एवं पूर्वसचिव थापालाई उम्मेदवार बनाएको साझा पार्टीले क्षमता, अनुभव र इमान्दारीका लागि भोट मागेको थियो।

प्रकाशित: २ जेष्ठ २०७४ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App