coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एम्बुलेन्समा १२ बोरको बन्दूक, अस्पतालबाट विरामी पक्राउ

बुटवल—बुटवलको एक निजी अस्पतालमा आज दुर्घटनामा घाइते भई उपचार गर्न आएका घाइते हतियारसहित पक्राउ परेका छन्। बुटवलस्थित जेनिथ हस्पिटल प्रालिमा उपचारार्थ आएका नवलपरासी सुनवल नगरपालिका–३ का भागवीर पुनलाई प्रहरीले आज बाह्रबोरको हतियारसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए।

हतियारसहित सुनवलस्थित बनकट्टीमा सिकार गरेर फर्कँदै गर्दा सुनवल चोकमा सवारी दुर्घटनामा परी घाईते भएका पुनलाई एम्बुलेन्समा उपचारार्थ यहाँको जेनिथ हस्पिटलमा ल्याइएकोमा एम्बुलेन्समा खानतलासी गर्दा हतियार फेलापरेपछि नियन्त्रणमा लिइएको नाप्रउ मरासिनीले बताए।
 

उनलाई हाल प्रहरीकै निगरानीमा सोहि अस्पतालमै उपचारका लागि भर्ना गरिएको उनले जानकारी दिए। रासस

 

प्रकाशित: २ जेष्ठ २०७४ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App