७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थापित पार्टीलाई साझा र विवेकशीलको चुनौती

साझा पार्टीका किशोर थापा र विवेकशीलका रञ्जु न्यौपाने

काठमाडौं— २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा देशभर ठूला दल कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भइरहँदा काठमाडौं महानगरपालिकामा वैकल्पिक शक्तिले प्रारम्भिक चुनौती दिएका छन्।

महानगरपालिकाको एक नम्बर वडाबाट सुरु भएको मतगणनामा साझा पार्टी र विवेशील नेपालीका उम्मेवार किशोर थापा, रञ्जु न्यौपानेले निकट प्रतिस्पर्धी मत ल्याएका हुन्।

‘राजधानीका युवा पुस्ता ठूला दलसँग असन्तुष्ट छैनन्, त्यसको असर मतदानमा पर्छ’, खनालले भने, ‘सञ्चारमाध्यममा उनीहरूले पाएको स्थानले पनि यसलाई प्रभाव पारेको देखिन्छ ।’

राजनीतिशास्त्रका प्रध्यापक कृष्ण खनालले युवा पुस्ताले वैकल्पिक उम्मेदवार खोजी गरेका कारण थापा र दर्शनाले सुरुवाती मत प्राप्त गरेको बताउँछन् । राजधानीका जनता पढेलेखेका र बुझेकाले पनि यसको प्रभाव मतदानमा परेको हुनसक्ने पोखरेलको बुझाइ छ ।

‘राजधानीका युवा पुस्ता ठूला दलसँग असन्तुष्ट छैनन्, त्यसको असर मतदानमा पर्छ’, खनालले भने, ‘सञ्चारमाध्यममा उनीहरूले पाएको स्थानले पनि यसलाई प्रभाव पारेको देखिन्छ ।’

एमाले, कांग्रेस, माओवादीलगायतका दलहरूले उम्मेदवार छान्न विवाद गरेर बसेका कारण पनि उनीहरू मतदातामा छिटो जान सकेको र त्यसको असर मत परिणाममा पर्न सक्ने उनले बताए ।

पोखरेलले दुवै नयाँ पार्टीले जित्ने निश्चित नदेखिए पनि हराउन भने सक्ने अवस्था रहेको आँकलन गरे । ‘जुन दलको भोट धेरै उनीहरूले आफूतिर तान्न सक्छन् त्यसलै  गुमाउनुपर्ने निश्चित छ’, खनालले भने, ‘तर धेरै वडा भएकाले अहिलेकै नतिजामा भने भर पर्न सकिँदैन ।’

समाजशास्त्री प्रा. चैतन्य मिश्रले अहिलेको परिणाम राजनीतिक दलले विगतमा समाजमा गरेको लगानीको प्रतिफल भएको बताए ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग, तालमेल, आइजीपी प्रकरण र लोकमानसिंह कार्की प्रकरणले पनि ठूला दलले नतिजामा असर पर्ने उनको बुझाइ छ । काठमाडांै महानगरपालिकामा पनि त्यसैको असरस्वरूप वैकल्पिक शक्ति प्रतिस्पर्धीका रूपमा आएको मिश्र बताउँछन् ।

कांग्रेस र माओवादी केन्द्रले गरेको गठबन्धन र निर्वाचन घोषणा भएपछि प्रधान्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावका कारण नतिजामा असर परेको हुनसक्ने मिश्रको विश्लेषण छ ।

विवेशील नेपालीका उपत्यका नेता मिलन पाण्डेले भने आफूहरूले विगतमा गरेको कामको आधारमा मूल्यांकन गरी मत आएको दाबी गरे ।

गोविन्द केसी र लोकमानसिंह कार्की प्रकरण तथा महानगरको सरसफाइलगायतका मुद्दामा खेलेको सकारात्मक भूमिकाका कारण जनताले मत दिएको दाबी उनको छ । काठमाडांैमा मात्र उम्मेदवार उठाएको विवेकशीलले केही वर्षदेखि निर्वाचनमा भाग लिँदै आएको  छ । पहिलोपटक निर्वाचन आयोगमा दर्ता भएको साझा पार्टी पनि यस पटकमात्रै भाग लिएको हो । पहिलोपटककै  निर्वाचनमा आएको परिणामले जनता वैकल्पिक र विश्वासयोग्य शक्तिको खोजीमा रहेको पुष्टि भएको साझा पार्टीका सदस्य तथा अधिवक्ता ओमप्रकाश अर्यालले बताए।

‘वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ भन्ने बहसलाई अहिलेको परिणामले पुष्टि गरेको छ,’ अर्यालले भने, ‘यसबाट राजनीति गर्न पुरानै शक्ति र लिगेसी नचाहिने देखिन्छ ।’

संगठन नभएको र पहिलोपटक चुनाव लडेको पार्टीले दिएको टक्कर हेर्दा परम्परागत दलबाट जनताले अब परिवर्तन गर्न नसक्ने महसुस गरेको अर्यालले बताए ।

काठमाडौं महानगरपालिकामा जारी मतगणनाको मंगलबार बिहान ६ बजेसम्मको मत परिणामअनुसार १ नम्बर वडामा साझा पार्टी दोस्रो र विवेकशील चौथो स्थानमा छ। साझाका किशोर थापाले एमाले उम्मेदवार विद्यासुन्दर शाक्यलाई पछ्याइरहेका छन्। एमालेका शाक्यले १७२ मत पाएका छन् भने थापाले १२० मत पाएका छन्। काँग्रेसका राजुराज जोशी १११ को स्थितिमा छन् भने विवेकशीलकी रञ्जु न्यौपाने ९१ मत पाएकी छन्।

प्रकाशित: २ जेष्ठ २०७४ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App