coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

६ नम्बर प्रदेशमा मिश्रित परिणाम, कहाँ कसले जिते ?

सुर्खेत- ६ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा मिश्रित परिणाम देखिएको छ। डोल्पा, कालिकोट र जुम्लाका चार गाउँपालिकाको सार्वजनिक मतपरिणाममध्ये माओवादी केन्द्र र एमालेले समान दुई क्षेत्रको अध्यक्षमा विजयी भएका छन्।

डोल्पाको काइकी र शेफोक्सुण्डो गाउँपालिकामा एमाले उम्मेदवार विजयी भए । काइकीको अध्यक्षमा अंगतकुमार राना विजयी भए भने उपाध्यक्षमा राप्रपाकी कुञ्जाङ बुढा निर्वाचित भइन्।

शेफोक्सुण्डो गाउँपालिकामा एमालेका टसी गुरुङ र विजयी भए भने उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार दावा गुरुङ विजयी भए ।

जुम्लाको गोठीचौर गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका हरिबहादुर भण्डारी अध्यक्षमा विजयी भए भने उपाध्यक्षमा जानुदेवी ऐडी विजयी भइन् ।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रबाट अध्यक्षमा डम्बर शाही र उपाध्यक्षमा होइजा बुढा विजयी भए ।

२५ नगरपालिकासहित ७९ स्थानीय तह रहेको ६ नम्बर प्रदेशमा अधिकांश गाउँपालिका र नगरपालिकाको मतपरिणाम मंगलबारसम्म आइपुग्ने छ । पूरै मत परिणाम आउन चार–पाँच दिन लाग्ने निर्वाचन कार्यालयले जनाएका छन् ।

प्रकाशित: १ जेष्ठ २०७४ १६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App