४ वैशाख २०८१ मंगलबार
राजनीति

धादिङमा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेस २ वडामा विजयी

धादिङ- धादिङको विभिन्न स्थानीयतहका ८ वटा वडाको मतगणना सकिएको छ। यो समाचार तयार पार्दासम्म नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसले २ वडा वडामा विजयी हासिल गरेको छ।

                धुनिबेसी नगरपालिकाको वडा नं. १ र २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं. १ मा एमालेका चन्द्रबहादुर तामाङले ७ सय १२ मत ल्याई विजयी भएका छन् भने वडा नं. २ मा बलराम कुँवर विजयी भएका छन्। त्यसैगरी वडा नं. ३ मा नेपाली कांग्रेसका प्रकास हमाल विजयी भएका छन्।   

                नेत्रावती गाउँपालिकाको २ वटा वडामा माओवादी केन्द्रले विजयी हात पारेको छ । नेत्रावती गाउँपालिकाको वडा नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्र बहादुर पल्ली विजयी भएका छन्। वडा नं २ मा पनि माओवादी केन्द्रका उम्मेदवार सुन्दर थापा विजयी भएका छन्।

                थाक्रे गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार इन्द्रबहादुर थापा विजयी भएका छन्। थापाले ६ सय ६१ मत र एमालेको स्यामसुन्दर थापाले ५ सय १५ मत प्राप्त गरेका छन् । यस वडामा कांग्रेस माओवादी केन्द्रबीच तालमेल थियो।

                त्यस्तै गजुरी गाउँपालिका वडा नं. १ मा एमालेका राजकुमार पण्डितले ५ सय ९८ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिदन्दी माओवादीका तारा भण्डारीले ५ सय ५४ मत पाएका छन् ।

                 खनियाबास गाउँपालिका वडा नं. १ मा कांग्रेसका बुद्धि तामाङ २ सय ३१ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी एमालेका मानबहादुर तामाङले ९५ मत प्राप्त गरेका छन् ।

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ मा नेकपा माओवादीका नन्दु तामाङ २ सय ९२ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवारले २ सय ७६ मत पाए।

                                आइतबार विहानै (राती) देखि नै मत गणना सुरु भएको भएपनि कर्मचारीको संख्या न्यून भएका कारण मत गणनामा ढिलाई भएको कर्मचारीहरुले बताएका छन् ।

 

प्रकाशित: १ जेष्ठ २०७४ १५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App