८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंमा शाक्यको अग्रता, थापा तेस्रो

काठमाडौं— राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणनाअनुसार काठमाडौंको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य ५६ मतसहित अग्र स्थानमा छन्। नेपाली काँग्रेसका राजुराज जोशी ३६ सहित दोस्रो स्थानमा छन्।

त्यस्तै साझा पार्टीका किशोर थापा ३५ मतसहित तेस्रो र विवेकशील नेपालीकी उम्मेदवार रञ्जु न्यौपाने ३१ सहित चौथो स्थानमा छन्।

२०३१ सालको एसएलसी परीक्षाका बोर्ड टपर एवं पूर्वसचिव थापालाई उम्मेदवार बनाएको साझा पार्टीले क्षमता, अनुभव र इमान्दारीका लागि भोट मागेको थियो। यो मतपरिणाम २१० मत गणना हुँदाको हो। ३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो।

 

 

प्रकाशित: १ जेष्ठ २०७४ १५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App