१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तत्काल संसद बोलाएर डा. केसीका मागबारे छलफल गर्नुपर्छ: गगन थापा

डा.केसीलाई भेट्दै गगन थापा। तस्बिर: केशव थोकर

काठमाडौं- नेपाली काग्रेंसका यूवा नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीले उठाएको मागबारे संसद जानकार भएकोले तत्काल संसदको विषय बन्नुपर्ने बताएका छन्। लामो समयको विदेश भ्रमणपछि नेपाल फर्किएलगतै डा.केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका नेता थापाले यसअघि पनि यो विषयमा संसदको मानव अधिकारसमितिको निर्देशन भइसकेको, संसदमा समेत छलफल भएको भन्दै यस्तो माग गरका  हुन्। थापाले पछिल्लो अनशनमा डा.केसीले संवैधानिक निकायको प्रमुखको आफ्नो अधिकार क्षेत्र नाघेर दुरुपयोग गरिरहेको भन्ने विषय उठेको भन्दै यो विषयले संसदमा प्रवेश पाउनुपर्ने बताए।

 ‘म पनि संसदहरुसँग छलफल गर्छु, सभामुखले पनि त्यो विषयमा तत्काल पहल गर्नुपर्छ,’ उनले भने, ‘यो विषय संसदभन्दा अलग छैन। उनले डा.केसीका माग सरकारले गरेका सम्झौता र संसदको समितिले निर्देशन गरेको विषय भएकाले सभामुखले संभामुखले ‘रुलिङ’ गर्नुपर्ने बताए।

उनले डा.केसीसँगको सम्झौता पालना नगरेर पटक पटक अनशन बस्नुपर्ने अवस्था आउनु लज्जाको विषय भएको भन्दै सम्झौता पालना नगर्दा नै अहिलेको अवस्था आएको सुनाए।

उनले अख्तियार प्रमुखलाई आफू अध्यक्ष रहेको समितिमा बोलाउदा सो समितिको कार्यक्षेत्रमा नपर्ने भन्दै नआएको स्मरण गरे। ‘त्यतिबेला संसदको सुशासन समितिले बोलाए जतिसुकै बेला आउने कुरा आएको थियो,’ थापाले भने , ‘यस्तो बेलामा त्यसको बारेमा छलफल गर्न सक्छ, यत्तिको संवेदनशील विषयमा नियमित बैठक कुर्नु पर्दैन।’

थापाले यी विषयमा पार्टीका नेता र सभामुखसँगसमेत भेटेर छलफल गर्ने सुनाए। उनले डा.केसीका माग व्यक्तिगत नभएको भन्दै थिति बसाल्न भएको प्रयासका आधारमा सच्याउनुपर्ने बताए। ‘यो विषय सरकारभित्र र बाहिर भएका सबैलाई थाहा छ, त्यो विषयमा नेपालको संसद चाही बेखर र भन्नै सक्दैन र भन्नै पाउँदैन’ उनले भने।

प्रकाशित: २ श्रावण २०७३ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App