coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नगरकोटमा पुन मतदान हुने

भक्तपुर- चाँगुनारायण नगरपालिकाको नगरकोटमा पुन मतदान हुने भएको छ। जेठ ३१ गते आइतबार निर्वाचन सम्पन्न भएर मतपेटीका मतगणणास्थल नेपाल विद्युत प्राधीकरण खरिपाटी भक्तपुरमा ल्याइसके पनि त्यहाँ पुन मतदान हुने भएको हो। मतदानको मिति भने निश्चित भएको छैन।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को चुनाव चिन्ह मादल नभएको मतपेटीकाको प्रयोगबाट आइतबार मतदान भएपछि त्यहाँ पुन मतदान गर्न निर्वाचन आयोगले  निर्देशन दिएको हो । यसअघि आइतबार नै नेमकिपा समर्थित उम्मेदबारहरुले आफ्नो पार्टीको चुनाव चिन्ह मादल नभएको मतपत्र प्रयोग भएको पाएपछि  विरोध जनाएका थिए। तर पनि नेमकिपाको चुनाव चिन्ह नभएको मतपत्र हटाएर नयाँ चुनाव चिन्ह भएको नयाँ मतपत्र प्रयोग गरी त्यहाँ मतदान सुचारु गरिएको थियो। मादल नभएको मतपत्र प्रयोग गरी त्यहाँ २२ वटा मत खसेको थियो।

चाँगुनारायण नगरपालिकाकी निर्वाचन अधिकृत रिन्जु डंगोलले निर्वाचन आयोगको निर्देशन अनुसार पुन मतदान गर्ने जनाइन्। तर निर्वाचनको मिति भने निश्चित नभएको उनले जनाइन्। ‘निर्वाचन आयोगबाट पुन मतदान गर्नू भन्ने आदेश भएकोले नगरकोटमा पुन मतदान हुन्छ, निर्वाचन अधिकृत डंगोलले नागरिकसँग भनिन्। 

यसअघि सोमबार विहानै पनि मतदान गर्ने वा नगर्ने विषयमा राजनीतिक दलहरुबीच त्यहाँ विवाद चलेको थियो । पुन मतदान गरेर मात्रै मतगणणा सुरु गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएको थियो। नेमकिपाले पुन मतदान गरेर मात्रै मतगणणा सुरु गर्नुपर्ने माग राखेको थियो भने अन्य पार्टीहरुले मतगणणा सुरु गर्नुपर्ने अडान लिएका थिए।

चाँगुनारायण नगरपालिका ६ नगरकोटको बुट ‘ख’ मा मात्रै पुन निर्वाचन हुने भएको हो। नगरकोटमा दुई वटा बुथ थिए। तीमध्ये नेमकिपाको चुनाव चिन्ह नभएको मत खसेको बुथ ‘ख’ मा मात्रै पुन मतदान हुन लागेको हो।

 

प्रकाशित: १ जेष्ठ २०७४ १४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App