१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौंका दशमध्ये ६ नपामा एमाले , ४ मा काँग्रेसको अग्रता

काठमाडौं – स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौंका एक महानगर र १० वटा नगरपालिकामा मतगणना भइरहेको छ। १० नगरपालिकामध्ये ६ नेकपा एमालेले अग्रता लिएको छ। भने ४ नगरपालिकामा नेपाली कांग्रेस अगाडी छ। कीर्तिपुर, दक्षिणकाली, वुढानिलकण्ठ, कागेश्वरी मनहरा, नागार्जुन र शंखरापुरमा एमालेले अग्रता छ।

गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, तार्केश्वर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा काँग्रेसको अग्रता रहेको छ।

 

कीर्तिपुर, दक्षिणकाली, वुढानिलकण्ठ, कागेश्वरी मनहरा, नागार्जुन र शंखरापुरमा एमालेले अग्रता छ। गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, तार्केश्वर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा काँग्रेसको अग्रता रहेको छ।

गोकर्णेश्वर नगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा नेपाली काँग्रेस सन्तोष चालिसले ५८८, एमालेका पुण्य चौलगाईं ४१४ र माओवादीका टिअार नेपालले २६० प्राप्त गरेका छन्। त्यस्तै उपमेयर पदमा नेपाली कांग्रेस ४९३, एमाले ४४६ र माओवादी २७६ मत पाएका छन्। टोखा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले १०७४ र एमाले ७११ प्राप्त गरेका छन् । उपमेयर पदमा भने नेपाली कांग्रेसले ८०७ र एमाले ७९९ ल्याएका छन्  ।

तार्केश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले ९४, एमाले ८६, माओवादी ५७ र राप्रपा १७ प्राप्त गरेका छन् । यता उपमेयर पदका लागि नेपाली कांग्रेसले ९२, एमाले ९०, माओवादी ५२ र गाई १५ ल्याएका छन् । त्यस्तै चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले १२९२, एमाले ५९०, माओवादी ६४४ र राप्रपाले ८१ ल्याएका छन् । त्यस्तै उपपमेयरमा भने नेपाली कांग्रेस ९०२, एमाले ६६१, माओवादी ७६० र राप्रपाले १० मत ल्याएको छ।

नागार्जुन नगरपालिकाको मेयरमा भने एमालेले अग्रता लिएको छ ।  मेयरमा एमाले ५९३ र नेपाली कांग्रेस ५७० मत ल्याएका छन् भने उपमेयर पदमा नेपाली कांग्रेस ३२० र एमाले ४२१ प्राप्त गरेका छन्। त्यस्तै किर्तिपुर नगरपालिका र दक्षिणकाली महानगरपालिका भने एमाले अग्रता लिएको छ।

कागेश्वरी मनोहरामा नगरपालिका मेयर पदमा  एमालेले ६९६ र नेपाली कांग्रेसले ६४४ ल्याएका छन्। त्यस्तै उपमेयरमामा एमालेका ७१७ र नेपाली कांग्रेस ६४४ प्राप्त गरेका छन् ।

शङ्खरापुर नगरपालिकाको मेयर पदमा एमाले ८५८, माओवादी ५७० र नेका ४०३ ल्याएका छन् । उपमेयरमा भने एमाले ९१५,माओवादी ६४४  र नेपाली कांग्रेसले ३५३ ल्याएका छन् ।

बुढानीलकण्ठ नगरपालिकामा भने मेयर पदमा एमालेले अग्रता लिएको छ । एमालेले १००३, नेपाली कांग्रेसले ६६८ र माओवादीदे १९३ ल्याएका छन् । त्यस्तै उपमेयरमा भने एमालेले ९८३, नेपाली कांग्रेस ६४३ र माओवादीले १८४ प्राप्त गरेको छ।

 

 

प्रकाशित: १ जेष्ठ २०७४ १३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App