coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुरमा रेणु दाहाललाई पछि पार्दै एमालेका देवी ज्ञवालीको अग्रता

चितवन—भरतपुर महानगरपालिकाको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। सोमबार साँझदेखि सुरु भएको गणनामा १०० मत गणना भएको हो। पहिलो सय मत गणना हुँदा एमालेका देवी ज्ञवालीले ४९ मतसहित अग्रता लिएका छन्। काँग्रेस समर्थन पाएकी प्रधानमन्त्री पुत्री रेणु दाहालले ४१ मत पाएकी छिन्।

पहिलो सय मत गणना हुँदा एमालेका देवी ज्ञवालीले ४९ मतसहित अग्रता लिएका छन्। काँग्रेस समर्थन पाएकी प्रधानमन्त्री पुत्री रेणु दाहालले ४१ मत पाएकी छिन्।

यसैगरी उपमेयरमा एमालेकी दिव्य शर्मा ४१ मतसहित अग्र स्थान छिन्। माओवादीले समेत समर्थन गरेकी पार्वती शाहले ३६ मत पाएकी छिन्।

काँग्रेस—माओवादी तालमेलमा प्रधानमन्त्री पुत्री मेयर पदमा उम्मेदवार रहेका कारण भरतपुर महानगरपालिकाको मतपरिणामप्रति सर्वसाधारणमा धेरै चासो छ। भरतपुर महानगरपालिकामा २९ वडा रहेका छन्। भरतपुरको कभर्ड हलमा मतणना भइरहेको हो।

प्रकाशित: १ जेष्ठ २०७४ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App