coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाग्लुङको प्रारम्भीक मतगणनामा एमाले अगाडि

बाग्लुङ- स्थानीय निर्वाचन अन्तर्गत जिल्लामा आईतबार सम्पन्न मतदानको मतगणना कार्य शुरु भएको छ। जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकारी हिमलाल बेलबासेले बताए। ‘जिल्लाका सबै स्थानीय तहमा मतगणना शुरु भएको छ,’ उनले भने,‘केही स्थानमा आईतबार रातीदेखी र केहीमा सोमबार दिउँसो र बेलुकाबाट मतगणना शुरु भएको छ।’ उनका अनुसार जिल्लाको सबै स्थानीय तहको पूर्ण नतिजा आउन दुई देखी तीन दिन लाग्नेछ।

प्रारम्भीक मत परिणाम अनुसार यहाँका गाउँ नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । बाग्लुङ, ढोरपाटन, नगरपालिका, बडिगाड, गाउँपालिकामा एमालेले अग्रता लिएको छ । बाग्लुङ नगरपालिकाको २ सय मत गन्दा एमालेका मेयर उम्मेदवार जनक पौडेलले १४६ र काँग्रेसका बसन्तकुमार श्रेष्ठले ५१ मत पाएका छन् । तमानखोला, निशीखोला र काठेखोलामा नेपाली काँग्रेस, ताराखोलामा माओवादी केन्द्रले अग्रता लिएको छ । काठेखोलामा ९ सय मत गनेर सक्दा नेपाली काँग्रेसका होमबहादुर हमालले ४५२ र एमालेका अमर थापाले ४०३ मत प्राप्त गरेका छन् । बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले अग्रता कायम गरेको छ। जैमिनी नगरपालिकाको प्रारम्भीक मत परिणाम सोमबार साँझसम्म सार्वजनिक भएको छैन।

 निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढोरपाटन नगरपालिका—१ मा माओवादी केन्द्रका चित्र भण्डारी वडाअध्यक्षमा निर्वाचित भएका छन्। अन्य सदस्यहरु सबै काँग्रेस उम्मेदवारहरु विजयी भएका छन्। निशीखोला गाउँपालिका—१ मा नेपाली काँग्रेसका इन्द्रबहादुर मल्ल वडाअध्यक्षमा विजयी भएका छन्। अन्य सदस्यहरुमा पनि सबै काँग्रेसले जितेको छ । यता प्रतिनिधि कार्डको विषयलाई लिएर विवाद भएपछि रोकिएको गल्कोट नगरपालिकाको मतगणना कार्य सोमबार साँझबाट शुरु भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरे पनि मतगणनास्थलमा जाने प्रतिनिधि कार्डको विषयलाई लिएर काँग्रेस र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताबीच झडप भएपछि मतगणना हुन सकेको थिएन । सर्वदलिय छलफलपछि स्थीती सामान्य भएर साँझबाट मतगणना शुरु भएको गल्कोट नगरपालिका निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए।

प्रकाशित: १ जेष्ठ २०७४ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App