८ वैशाख २०८१ शनिबार
राजनीति

२ हजार मत गन्न १८ घण्टा, छिटो गणना गर्न सिडिओको निर्देशन

मध्यपुर ठिमी नगरपालिकाको मतगणनाको दृश्य। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं—ललितपुर महानगरपालिकाको २९ वडामध्ये  एक वडामा रहेका करिब दुईहजार हाराहारीका मत केलाउन र उम्मेदवारसँग सहमति जुटाउन १८ घण्टा लागेको छ । जम्मा एकलाखको हाराहारीमा मत खसेको अनुमान गरिएका महानगरका  २९ वडाको मतदान सकिन चाडो गरेपनि २० दिन लाग्ने भएको छ। यस्तै अवस्था जोडिएका महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको छ । नयाँ बनेका बाग्मती, महाँकाल र कोन्ज्योसोम गाँउ पालिकाको छ।

‘मत गनेर चाडो सकौं, चाडो निर्णयमा पुगिन्छ भनेको छु, अहिले महानगर र दुई नगरपालिका पुगेर आएको छु’ प्रमुख जिल्ला अधिकारी काफ्लेले भने।

ललितपुर महानगरपालिकाको हालसम्म वडा नम्बर एकको मत– गणना घोषणा भएको छ । मेयरका उम्मेदवारले प्राप्त गरेको १५ सय ४० मतपछिको अर्को तथ्याँक आएको छैन ।  महालक्ष्मी र गोदावरीको परिणाम आउन सकेको छैन । कोन्ज्योसोममा एउटा र महाँकालको एउटा वडाको मत परिणाम आएको छ।

मतगणनाको निर्णायक भएर बसेका निर्वाचन अधिकारी एउटा मतपत्रमा सबै उम्मेदवारको सहमती, सदर–बदर र बैकल्पिक मतदान केलाउन समय लागेको बताउछन । उनिहरुका अनुसार ठुलो आकारमा र धेरै उम्मेदवार भएका कारण एउटा एउटा मत केलाउनु पर्छ । मत–गणना स्थलमा रहेका उम्मेदवार र उनका प्रतिनिधीको सहमतिका लागि समेत समय लागिरहेको हो।

मत–गणना ढिलो भएको गुनासोपछि महानगरपालिका र दुई नगरपालिकाका मत–गणना स्थल पुगेर प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले सहमति र समझदारीमा मतगणनाको गति  बढाउन आग्रह गरेको बताए । उनले उम्मेदवार र मत– गणक मिलेर चाडो मतदान सक्ने प्रयास भै रहेको बताए।

‘मत गनेर चाडो सकौं, चाडो निर्णयमा पुगिन्छ भनेको छु, अहिले महानगर र दुई नगरपालिका पुगेर आएको छु’ प्रमुख जिल्ला अधिकारी काफ्लेले भने । उनले महानगर र दई नगरपालिकाको मतगणनाको परिणाम निर्वाचन कार्यालयले जारी गरेको औपचारिक घोषणालाई मान्न आग्रह गरे ।

गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत हरिप्रसाद रेग्मी मत र मतदान दुबै मतदाता र गणक तथा उम्मेदवारका लागि नयाँ भएका कारण समय लागेको बताउछन । उनका अनुसार यसपटक प्रयोग गरिएको निलो मसि,ठुलो आकार र धेरै उम्मेदवार भएका कारण समेत समय लागेको हो । उनले भने ‘मतमा रहेका ब्यवस्था, मतपत्र बाहेक बढि समय उम्मेदवारको सहमतिका लागि लागिरहेको छ, सबैको लागि नयाँ  निर्वाचन हो,’ रेग्मीले भने ।

रेग्मीले हालसम्म एउटा पनि वडाको औपचारिक घोषणा नभएको बताए । यस्तै महालक्ष्मी नपाका राम घिमिरेले केही समयपछि दुईवटा वडाको एकसाथ घोषणाको तयारी गरेपनि केही प्राविधिक कारणले ढिला भएको बताए ।

ललितपुरमा वडा नम्बर एकको वडाध्यक्षमा नेपाली कांग्रेसका निर्मल तण्डुकारसहितको प्यानल विजयी भएको हो । महाँकाल गाँउपालिका वार्ड नम्बर ६ ठुला दुर्लुङको वडाध्यक्षमा नेकपा एमालेका रामकृष्ण आर्चाय सहितको प्यानल र  कोन्ज्योसोमको वडा नम्बर एकको वडाध्यक्षमा माओवादी केन्द्रका सन्त लामा सहितको प्यानलले जितेको छ ।

प्रकाशित: १ जेष्ठ २०७४ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App