६ वैशाख २०८१ बिहीबार
राजनीति

काठमाडौंमा किशोर थापा दोस्रो, रञ्जु न्यौपाने तेस्रो

काठमाडौं— काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। राष्ट्रिय सभागृहमा भइरहेको मतगणनाअनुसार काठमाडौंको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य ३५ मतसहित अग्र स्थानमा छन्। साझा पार्टीका किशोर थापा २६ मतसहित दोस्रो स्थानमा छन्।

२०३१ सालको एसएलसी परीक्षाका बोर्ड टपर एवं पूर्वसचिव थापालाई उम्मेदवार बनाएको साझा पार्टीले क्षमता, अनुभव र इमान्दारीका लागि भोट मागेको थियो।

विवेकशील नेपालीकी उम्मेदवार रञ्जु न्यौपानेले २५ मत पाएकी छिन्। नेपाली काँग्रेसका मेयर राजुराज जोशीको २३ मत छ। यो मतपरिणाम १३० मत गणना हुँदाको हो।

काठमाडौं महानगरपालिका वडा नं। १  ९नयाँ वानेश्वर क्षेत्र० बाट गणना भइरहेको हो। ३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो।

काठमाडौंको मेयरमा नयाँ उम्मेदवारहरु साझा पार्टीका थापा र विवेकशील नेपालीकी न्यौपाने सुरुदेखि नै चर्चामा थिए। २०३१ सालको एसएलसी परीक्षाका बोर्ड टपर एवं पूर्वसचिव थापालाई उम्मेदवार बनाएको साझा पार्टीले क्षमता, अनुभव र इमान्दारीका लागि भोट मागेको थियो।

स्नातक तहकी विद्यार्थी २१ वर्षे न्यौपानेलाई उम्मेदवार बनाएको विवेकशीलले परिवर्तनका लागि युवा नेतृत्वको नारा अघि सारेको थियो।

काठमाडौंकै उपमेयर पदमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गी ४१ मतसहित पहिलो स्थानमा छिन्। राप्रपाका राजाराम श्रेष्ठले २३ मत पाएका छन्। साझा पार्टीकी निरुपमा यादबले १२ मत पाएकी छिन्।

प्रकाशित: १ जेष्ठ २०७४ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App