६ लाख ८० हजार घुससहित नापीका कर्मचारी पक्राउ

सोमबार, ०१ जेठ २०७४, १७ : ३८ नागरिक

इटहरी- छ लाख ८० हजार रुपैयाँ घुससहित झापा दमकको नापी कार्यालयका एक कर्मचारी सोमबार पक्राउ परेका छन्।

नापी कार्यालयका नापी सर्वेक्षक बिनोदकुमार मण्डललाई कार्यकक्षबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो।

नापी सर्वेक्षक मण्डलले झापाकै कमला गाउँपालिकाको जग्गा प्लटिङ् गरि कारोबार गर्ने व्यापारीसँग नक्सा एकीकृत गर्न घुस लिने क्रममा पक्राउ गरेको अख्तियारको क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले बताए । मण्डलले जग्गा व्यापारीसँग ‘तपाईहरु जग्गा कारोबार गरेर अथाहा आम्दानी गर्ने हामीलाई चाहि खोइ ?’ भनेर केही दिनअघि देखि पैसामा बार्गेनिङ् गरिरहेकोमा अख्तियारको टोलीले निगरानी गरेको थियो।

पक्राउ परेका मण्डललाई अब बयान लिएर मुद्दा चलाइने अख्तियारको क्षेत्रीय कार्यालयका प्रवक्ता डिएसपी रमेश बस्नेतले बताए । अख्तियारको टोलीले अहिले झापा, मोरङ, सुनसरीलगायतका जिल्लाका सरकारी कार्यालयमा विशेष निगरानी थालेको छ ।

अख्तियारले कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीका कार्यालयका कर्मचारीले ठूलो रकम आर्थिक हिनामिना गरेको आरोपमा छानबिन गरिरहेका बेला सरकारी कार्यालयलाई प्राथमिकतामा राखेको जानकारी दिइयो ।

यसैबीच,  कोशी अञ्चल यातायात कार्यालय इटहरीका प्रमुखसहित पाँच जनाले ५५ करोडभन्दा बढी राजस्व हिनामिना गरेको आरोपमा कार्यालय प्रमुखसहित पाँच जनालाई निलम्बन गरेर छानबीन भइरहेको  छ। कार्यालय प्रमुखसहित पाँच जनालाई बैसाख पहिलो साता निलम्बन गरेर छानबिन गरिरहेको बेला साताअघि पाँच हजार रुपैयाँ घुस लिदालिदै नायब सुब्बा बिनोद दाहाल पक्राउ परेका थिए। बिनोदको छानबिन टुंगिएर अब मुद्दा दायर हुने क्रममा रहेको अख्तियार क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ।

५५ करोडभन्दा बढी राजस्व हिनामिना गरेको आरोपमा यातायात व्यवस्था विभागले निलम्बन गरेका कार्यालय प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापाल द्दय सुरेश अधिकारी र रुद्रप्रसाद दाहाल तथा नायब सुब्बा टीकाप्रसाद बाँस्तोलाको मुद्दा दायर गर्न भने अनुसन्धान नटुगिएकाले गर्दा केही ढिलाई हुने भएको छ। त्यो घटनामा निलम्बनमा परेका चार जना सम्पर्कमा रहेपनि लेखापाल सुरेश अधिकारी भने फरार छन् । उनको खोजी गर्न प्रहरी टोली खटिइ सकेको छ।

 यातायात व्यवस्था विभागले आर्थिक बर्ष २०७१/०७२ देखि आर्थिक बर्ष २०७३/०७४ को फागुन मसान्तसम्मको आर्थिक हिसाब हेर्दा ५५ करोडभन्दा बढी हिनामिना गरेको पत्ता लागेपछि कारबाही गर्न अख्तियारलाई पत्रचार गरेको थियो।

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad