८ वैशाख २०८१ शनिबार
राजनीति

यस्तो छ रसुवाको पछिल्लो मतपरिणाम

भगवती लामा

 नुवाकोट- ५ गाउँपालिका रहेको रसुवामा अहिले सम्म ४ हजार १ सय ८९ मत गनेर सकिएको छ। अन्तिम नतिजा अनुसार गोसाइकुण्ड गाउँपालिकामा गनिएको २ सय ०८ मतमा नेकपा एमालेका प्रमुख  कैसाङ नुर्पु तामाङले  १ सय १५, उपप्रमुख कारग्याल्मो श्रेष्ठले १ सय १४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस प्रमुख पेम्वा छिरिङ तामाङले ६९ र उपप्रमुख  देकी तामाङले ६२ मत प्राप्त गरेका छन्। यस्तै नेकपा माओवादी केन्द्र उपप्रमुख  फुर्वा तामाङले ७ र नयाँ शक्ति प्रमुख कामी बुटी तामाङले १ र  उपप्रमुख नुर्पु सिङ्गी तामाङ २ मत प्राप्त गरेका छन्।

पार्वतीकुण्ड गाउँपालिकामा जम्मा ४९० मत गनेर सकिएको छ। अन्तिम नतिजा अनुसार नयाँ शक्तिका प्रमुख  बुचुङ तामाङले  २ सय ९३, उपप्रमुख संगिता तामाङले  १ सय ६२ मत प्राप्त गरि अग्रस्थानमा छन्। नेकपा एमाले प्रमुख  लाक्पा गोम्वो तामाङ ६९, उपप्रमुख  नविना लामा १ सय ०९, नेकपा माओवादी केन्द्र प्रमुख – फुर्पु तेन्जिन तामाङ ६४, उपप्रमुख  तारा तामाङले ८३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस प्रमुख  अभिनास तामाङ ९ र उपप्रमुख छेन्जुम तामाङले २२ मत प्राप्त गरेका छन्।

१ हजार ५९ मत नौकुण्ड गाउँपालिकामा गणना गरिसक्दा नेपाली कांग्रेस प्रमुख नुर्पु साङ्वो घलेले ३ सय ८२, नयाँ शक्तिका प्रमुख भूमे लामाले १ सय ७८, उपप्रमुख  युटि लमिनीले २ सय ११ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालको प्रमुख  म्लाङदुङ मोक्तनले ५७,  उपप्रमुख  सृजना लामाले ७०,नेकपा माओवादी केन्द्रका उपप्रमुख केशब प्रसाद पौडेलले १ सय ३५ मत र स्वतन्त्र उम्मेदवार लक्षिन नुर्पु तामाङ ले ९ मत प्राप्त गरेका छन्।

कालिकागाउँपालिकामा ९ सय मत गनिसक्दा नेकपा माओवादी केन्द्र प्रमुख  उद्धव प्रसाद रिजालले २ सय ८७ उपप्रमुख  शिला मगरले ३ सय ९९, नेकपा एमालेका प्रमुख  सिता कुमारी पौडेलले २ सय ७२ उपप्रमुख  भवानीप्रसाद न्यौपानेले  ३ सय २३, नेपाली कांग्रेसका प्रमुख  साधुराम पौडेलले २ सय २, उपप्रमुख सावित्रीदेवि केसीले ६४ मत प्राप्त गरेका छन् भने नयाँ शक्तिका प्रमुख  कृष्ण बहादुर तामाङले ९३, उपप्रमुख  सरिता न्यौपानेले ४४, राप्रपाका प्रमुख टिका प्रसाद देवकोटाले ४  र उपप्रमुख  चित्रकुमारी देवकोटाले ५ मत प्राप्त गरेका छन् । 

रसुवामा रहेको अन्तिम गाउापालिका उत्तरगयामा १५ सय ३२ मत गणना गरिसक्दा नयाँ शक्ति प्रमुख इन्द्र प्रसाद सापकोटाले ४ सय २८ उपप्रमुख चमेली विकले २ सय ७४, नेकपा एमाले प्रमुख असोक घिमिरेले ४ सय ६६ उपप्रमुख चमेली गुरुङ्ले ६ सय २४, नेपाली कांग्रेस प्रमुख उपेन्द्र कुमार लम्सालले ४ सय २४ उपप्रमुख पम्फादेवि तिमिल्सीनाले ४ सय ६ र नेकपा माओवादी केन्द्रका प्रमुख मेघनाथ घिमिरेले १ सय १२ उपप्रमुख र  रेणु माया गुरूङ ९६ मत प्राप्त गरेको सम्वन्धीत मतदान अधिकृतहरुले जानकारी दिए।

प्रकाशित: १ जेष्ठ २०७४ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App