७ वैशाख २०८१ शुक्रबार
राजनीति

रुखमा खसेको मत मेरो हुनुपर्छ भनेको छैनः रेणु दाहाल

भरतपुर महानगरपालिकाको मेयर प्रत्यासी रेणु दाहाल

काठमाडौं— प्रधानमन्त्री पुत्री एवं भरतपुर महानगरपालिकाकी मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले रुख छापमा परेको भोट आफ्नो हुनुपर्ने नबताएको उल्लेख गरेकी छिन्।

नागरिकन्युजसँग कुराकानी गर्दै उम्मेदवार दाहालले मतगणना सुरु गर्न आफूले माग गरे पनि मुख्य निर्वाचन अधिकृतले आनाकानी गर्दा ढिलाई भएको बताइन्। उनले मेयरका लागि रुख चिन्हमा परेको मत आफ्नो हुनुपर्ने भन्दै गरिएको प्रचार हल्ला मात्रै भएको दाबी गरिन्।

‘रुख छापमा परेको मत मेरो हुनुपर्छ भनेर प्रचारबाजी निकै गरियो, त्यो मैले भनेको नै छैन,’ नेतृ दाहालले नागरिकन्युजसँग भनिन्, ‘मुख्य निर्वाचन अधिकृतले मतदान सुरु गरौं भन्दा छलफल लम्ब्याएका कारण मतदान हुन नसकेको हो।’ मतदान अधिकृतले गणना अघि बढाउन आनाकानी गरिरहेको उनले आरोप लगाइन्।

भरतपुर महानगरपालिकामा सत्तारुढ माओवादी केन्द्र र कांग्रेसबीच निर्वाचनमा तालमेल भएको छ। मेयरमा प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु र उपमेयरमा पार्वती शाह गठबन्धनवाट प्रतिस्पर्धामा छन्। उनका अनुसार एमाले र माओवादी दुवैले मतगणना गर्न आग्रह गरे पनि मुख्य निर्वाचन अधिकृतले आनाकानी गरिरहेका हुन्।

सोमवार रातीदेखि मतगणना हुने भनिए पनि भरतपुरमा अझै मतगणना हुन सकेको छैन। मुचुल्का नभएका मतपेटिकाको पनि मतगणना गर्नु पर्ने तर्क माओवादी प्रस्तावमा सर्वदलीय सहमति हुन नसक्दा मतगणना सुरु हुन नसकेको अन्य दलको आरोप छ। नेतृ दाहालले सो कुरा अस्वीका गरिन्।

प्रकाशित: १ जेष्ठ २०७४ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App