७ वैशाख २०८१ शुक्रबार
समाज

आयल निगमको नक्कली नियुक्तिपत्र दिदैं ठगी गर्ने पक्राउ

काठमाडौं- नेपाल आयल निगममा जागिर लगाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी राजविराज ६ घर भई रौतहट चन्द्रनिगाहापुर बस्ने दिपक ठाकुर र रौतहट गंगापिपरा ३ घर भई चन्द्रनिगाहापुर बस्ने दिपेन्द्र साह कानु  रहेका छन्। उनीहरुले जागिर लगाइने भनेकालाई निकगमको नक्कली नियुक्तिपत्र समेत दिएका थिए।            

दिपक ठाकुरले आफ्नो आयल निगम थानकोट डिपोमा जागरि भएको साथी सुरज अधिकारीलाई सुनाउँदै ठगीको जाल बुनेको प्रहरीले जनाएको छ। उनले साथीलाई नक्कली नियुक्तिपत्र देखाउँदै २७ हजार तलब रहेको र तिम्रो कोही मान्छे भए जागिर लगाइदिन्छु भन्दै आश्वासन दिएका थिए। दिपकको आश्वासन पाएका सुरजले आफ्नी दिदिलाई जागिर लगाइदिन आग्रह गरे। उनको आग्रहमा दिपकले ५ लाख लाग्ने र जागिर पक्काहुने बचनदिए। यसरी ठगीको खेल सुरु भयो।

अझ दिपकले 'मेरो पनि फर्म नै नभरी नियुक्ति भएको हो, फर्म भर्न पर्दैन', भन्दै आश्वास्त पारेका थिए। सुरजले पटक पटक गरी २ लाख ५६ हजार दिपेन्द्र साह कानुको खातामा राखिदिएका थिए।

रकम पाएपछि दिपकले नियुक्तिपत्रको फोटोकपी उपलब्ध गराएका थिए। नियुक्तिपत्र पाएकी सुरजकी दिदि सृजना आयल निगममा पुगेकी थिइन्। उनी त्यतिबेला झस्कीइन् जतिबेला निगमका कर्मचारीले नियक्तिपत्र नक्कली भएको बताए।

आफू ठगिएको थाहा पाएपछि उनिहरुले महानगरीय अपराध महाशाखामा आई निवेदन दिएका थिए। त्यसपछि खोजीको सूचीमा रहेका दिपक र दिपेन्द्रलाई प्रहरीले चन्द्रनिगाहपुरबाट पक्राउ गरेको हो।

प्रकाशित: २ श्रावण २०७३ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App