८ वैशाख २०८१ शनिबार
राजनीति

अन्नपूर्ण–१ मा एमाले विजयी

म्याग्दी –  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेकै महिला सदस्यमा बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्रसाद पुर्जा विजयी भएका छन् । 

दोवाबाट गाउँपालिकामा अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर पुनले २१०, उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाइजाले ३३६, काँग्रेसकी केशमाया मगरले २०४ मत प्राप्त गरेका छन् । वडा अध्यक्षमा काँग्रेसका प्रत्यासी कमल पुनले २०३ मत प्राप्त गरेका थिए । 

आठ सय ६३ जना मतदाता रहेको कैलाश मावि, दोवा मतदान केन्द्रमा ५७४ मत खसेको थियो । पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको मतगणाना सुरु भएको छ । रासस 

प्रकाशित: १ जेष्ठ २०७४ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App