८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री र राजपाका नेताहरुबीच छलफल

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच दोस्रो चरणको निर्वाचनका विषयमा केन्द्रित रहेर सोमबार छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई दुई तिहाइ मतका साथ पारित गर्ने सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

बैठकमा नेताहरुले स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्साहपूर्ण ढङ्गले सम्पन्न भएकामा सन्तोष व्यक्त गर्दै दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नुअघि दलहरुबीच आवश्यक सहमति र सहकार्यका बारेमा छलफल भएको थियो । 

राजपाका नेताहरुले आफूहरुको पूर्व धारणाअनुरुप दोस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने माग राखेका थिए । 

बैठकमा राजपा नेपालका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रराय यादव, अनिलकुमार झा र राजकिशोर यादव सहभागी थिए। रासस 

प्रकाशित: १ जेष्ठ २०७४ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App